चीनले बनायो आकाशमा हिड्ने संगीतमय बाटो


निर्माण जगतमा एकपछि अर्को चमत्कार प्रस्तुत गर्दै आएको चीनले अब आकाशमा हिड्ने बाटो समेत बनाएको छ ।पूर्वी चीनको शिनीयुझाई नेसनल जिओपार्कमा पारदर्शी संगीतमय आकाशे बाटो निर्माण गरिएको हो ।उच्च पहाडको किनारासँग जोडिएको यो बाटो काँचको भएकाले पारदर्शी छ । पारदर्शी हुनाकै कारणले यो बाटोमा हिँडिरहँदा आकाशमा हिँडेको जस्तो अनुभुति हुन्छ ।५ सय ९० फिट लामो यो वाक वे मा ७० प्रकारका विभिन्न खाले संगीतका धुनहरु बजाएर सुन्न सकिन्छ । साथै यसमा टहल्दै नयाँ धुन पनि सिर्जना गर्न सकिने बताइएको छ ।निकै उच्च पहाडको घेरोमा बनेको यो आकाशे बाटोमा हिँड्दा रोमान्चका साथै डर पनि कम्ता लाग्दैन । त्यसैले मानिसहरुले यो बाटोका रेलिङमा समाएर डराइ डराइ विस्तारै पाइला चलिरहेका हुन्छन् ।यो वाक वे बनाउने कालिगढ कस्ता होलान् ? साँच्चीकै वीर नै हुन् । समाचार अनुसार २१ जना कामदारले दिनरात काम गरेर यो आकाशे पदमार्ग निार्मण गरेका हुन् र उनीहरुले दैनिक ४ सय युआन ज्याला पाएका थिए । बीबीसी


श्रीमती बनाएर राजाले भित्राए ७२ जना सौतेनी आमा, बनाए सय श्रीमती, ५ सय छोराछोरी


Abumbi3
अबुम्बीले आफ्ना बाबुबाट बेहोरेका ७२ जना सेकेण्ड ह्याण्ड श्रीमतीका साथै आफुले पनि दुइ दर्जनभन्दा बढि श्रीमतीसँग विवाह गरेका छन् । सबै श्रीमतीहरुबाट गरेर उनका झण्डै ५ सय सन्तान छन् ।उनकी तेश्री श्रीमती रानी कन्स्टेन्सका अनुसार हरेक सफल पुरुषका पछाडि निकै सफल तथा ससक्त महिलाको हात हुने बताउँछिन् । उनका अनुसार यसरी पूराना रानीहरु नयाँ राजाको समेत श्रीमती बन्ने परम्पराको ठूलो अर्थ छ । पहिले नै रानी भैसकेका पाका महिलाहरुले नयाँ राजाहरु तथा नयाँ रानीहरुलाई राजकाज लगायतका कुराहरु सिकाउन सहज हुने उनी बताउँछिन् ।राजाले बिहे गर्ने रानीहरु शिक्षित हुन्छन् र प्रायः धेरै भाषा बोल्नसक्ने तथा वाकपटु हुन्छन् ।kings-wifeAbumbi-finalAbumbi6

आफ्नै आमाका सौता अर्थात् आफ्नो बुवाका कान्छी श्रीमतीहरुलाई आफ्नै श्रीमती बनाएर भित्राएका घटनाहरु बिरलै होलान् । तर यो दुनियामा यस्तो देश छ, जहाँ सामान्य जनताले होइन की स्वयं राजाले नै बाउको शेषपछि सबै सौतेनी आमाहरु बेहोर्नुपर्छ । अर्थात् बुवाका श्रीमतीहरुलाई अर्थात् आफ्ना सानीमाहरुलाई आफ्नै श्रीमती बनाएर भित्राउनुपर्छ । त्यो पनि एक दुइवटा कहाँ हो र, दर्जनौँ सानिमाहरुलाई ।अफ्रिकी देश क्यामरुनको बाफुट क्षेत्रका राजा अबुम्बी द्वितीयका झण्डै एक सय श्रीमती छिन् । तर ति श्रीमतीहरु उनी आफैले पहिलोचोटी बिहे गरेका भने होइनन् । ती मध्ये ७२ जना उनका भुतपूर्व सौतेनी आमाहरु हुन् । अर्थात् आफ्ना बुवाले कान्छी रानीहरु बनाएर भित्राएका मुमाज्यूहरुलाई बुवाको मृत्युपछि उनले आफ्नै रानी बनाएर भित्राउनुपर्यो ।११ औँ राजा अबुम्बी द्वितीयका बुवाको सन् १९६८ मा मृत्यु भएकेा थियो । त्यहाँको चलन नै राजाको मृत्युपछि रानीहरु स्वतः नयाँ राजाको रानीहरु बन्ने चलन छ । अर्थात् रानीहरु नमरुन्जेल राजाको पदेन श्रीमती बन्दछन् ।

अफ्रिकी देश क्यामरुनमा पुरुषका लागि बहुविवाह छुट छ, तर पछिल्लो समयमा भने यो प्रचलन घट्दै गएकेा छ । तर जनताले यो संस्कारलाई चुनौति दिँदै गएको भएपनि राजा अबुम्बी भने आफ्ना जनताको संस्कृतिको रक्षा गर्ने काम आफ्नो रहेको भन्दै मौलिक संस्कृति बचाउनकै लागि आफुले सय जना रानी बनाएको तथा आफ्ना लागि संस्कृति र सबै रानीहरु महत्वपूर्ण रहेको दाबी गर्छन् ।यी राजाको राजदरबारलाई टोह भनिन्छ । यो क्यामरुनको पर्यटकीय आकर्षण भएको स्थल हो र यसलाई विश्वको सबैभन्दा संकटापन्न सम्पदाको रुपमा लिइएको छ ।


एसएलसी नतिजाले न खुसी छायो, न त उमंग नै


नेपालगन्ज-छोराछोरीले एसएलसीमा सुखद नतिजा ल्याएपछि थुप्रै अभिभावक हर्षोल्लास मनाइरहेका होलान्। तर, नेपालगन्ज–१३ भृकुटीनगरस्थित अधिकारी परिवारलाई एसएलसी नतिजाले न खुसी छायो, न त उमंग नै। पन्ध्र वर्षीया छोरी अनुराधा अधिकारी स्थानीय आदर्श बोर्डिङ स्कुल टप गर्दै ८८.७५ प्रतिशत अंकसाथ विशिष्ट श्रेणीमा उत्तीर्ण भइन्। तर, दम्पतीका लागि यो खुसी अलिनो छ। बरु नतिजाले उनीहरूमा विनाशकारी भूकम्पको पीडा बल्झाइरहेछ। एसएलसी दिएर राजधानी घुम्न गएका बेला धरहरा ढलेर अनुराधाको घटनास्थलमै ज्यान गएको थियो।
शुक्रबार एसएलसीको नतिजा प्रकाशित भएको खबरले धेरै अभिभावकमा उत्सुकता जगाए पनि भृकुटीनगरका ध्रुव अधिकारीले कुनै चासो दिएनन्। शिक्षकले फोन गरेर अनुराधा ८८.७५ प्रतिशत अंकसाथ विशिष्ट श्रेणीमा आएको बताएपछि मन सम्हाल्न झन् गाह्रो भयो। आमा रन्जु शर्माले पनि छोरीको नतिजा सुनिसकेपछि मन सम्हाल्न सकिनन्। ‘एसएलसी नतिजाले हाम्रो परिवारमा अर्को भूकम्प आइदियो,’ अधिकारीले भने, ‘भूकम्पले बनाएको घाउ पुरिन नपाउँदै एसएलसी नतिजाले फेरि बल्झायो।’
उक्त स्कुलका शतप्रतिशत अर्थात २४ मा २४ जना विद्यार्थी उत्तीर्ण भएका छन्। तर, स्कुल टप गर्ने विद्यार्थी नहुँदाको पीडाले शिक्षक–विद्यार्थीलाई पनि उत्तिकै छोपेको छ। आदर्श स्कुलका संस्थापक ईश्वरप्रसाद पोखरेलले अनुराधा नहुँदा आफूहरू निकै मर्माहत भएको बताए। ‘आदर्शको रिजल्ट अहिलेसम्मकै राम्रो आएको छ तर स्कुल टप गर्ने विद्यार्थी नहुँदा खल्लो हुन पुग्यो,’ उनले भने। स्कुलले अनुराधाको सम्मानमा ‘अनुराधा छात्रवृत्ति कल्याणकोष' स्थापना गर्ने तयारी गरेको पोखरेलले बताए।
बिहान १० बजेदेखि ४ बजेसम्म स्कुल समयबाहेक अनुराधा ५ घन्टा मात्रै सुतेर बाँकी समय पढाइमै खर्चिन्थिन्। ‘बेलुका खाना खाइसकेपछि राति १२ बजेसम्म छोरी पढाइमै हुन्थिन्,’ अधिकारीले भने, ‘बिहान पाँचै बजे उठेर पढ्न थाल्थिन्।’ छोरीले प्लसटुमा विज्ञान विषय र त्यसपछि डाक्टर वा इन्जिनियरिङ पढ्ने इच्छा सुनाउने गरेको उनले सम्झिए।
२०५७ असोज २० गते जन्मेकी अनुराधा सानैदेखि पढाइमा जेहेनदार र लगनशील थिइन्। उनी हरेक कक्षामा पहिलो वा दोस्रो स्थानमा आउने गरेको स्कुलले जनाएको छ। गत चैतमा एसएलसी दिएर फुर्सदिलो भएकी अनुराधाको केही दिन घुरफिर गर्ने र त्यसपछि तयारी कक्षा लिने योजना थियो। बाबुसँग राजधानी गएकी उनको सबै सपना भूकम्पले चकनाचुर बनाइदियो।
छोरीका लागि भविष्यको सुन्दर सपना बोकेर राजधानी गएका अधिकारी छोरीको शव दाहसंस्कार गरेर फर्किए। वैशाख १२ गते शनिबार बिहान अन्टी संगीता, बहिनी १० वर्षीया श्रीया (अन्टीकी छोरी)सँग अनुराधा सुन्धारा पुगेकी थिइन्। दिदीबहिनी धरहरा चढेका थिए। त्यसै बेला आएको भूकम्पले धरहरा ढलेपछि अनुराधा र श्रीयाको मृत्यु भएको थियो।

चीनले बनायो १४ सय किलोमिटर लामो कृतिम नदी

south-north-water-transfer1
बिश्वलाई चकित पार्नेगरी आर्थिक प्रगति गरिरहेको छिमेकी मुलुक चीनले १४ सय किलोमिटर लामो कृतिम नदी बनाएर बिश्वलाई थप आश्चर्यमा पारेका छ । चीनकै दोस्रो ठूलो एलो रिभरलाई डाइभर्ट गरी राजधानी बेइजिङ लगायत स्थानमा खानेपानी र सिचाईंका लागि पानी आपूर्ति गर्न थालिएको छ । ११ बर्षअघि निर्माण सुरु गरिएको यो मानव निर्मित नदीमा शुक्रबारदेखि पानीको बहाव छाडिएको छ । यलो नदीमा बग्ने कुल पानीको ६ भागको एक भाग मानव निर्मित नदीतर्फ फर्काइएको छ । १५ दिनभित्र पानी बेइजिङ पुगिसक्ने बताइएको छ ।




south-north-water-transfer2

नदी जोडने ‘साउथ-नर्थ वाटर डिभिजन प्रोजेक्ट’का लागि चीन सरकारले ८१ अर्ब अमेरिकी डलर छुट्टाएको छ । यस अन्र्तगत तीनवटा मानवनिर्मित नदी बनाइने छ । पूर्वी खण्डमा अघिल्लो बर्ष नै पानी बग्न सुरु भइसकेको छ भने मध्य खण्डमा शुक्रबारदेखि सुरु भएको छ । यलो नदीलाई बेइजिङ जोड्ने मध्य परियोजनाका लागि मात्र ३३ अर्ब अमेरिकी डलर खर्च गरिएको छ । परियोजनाका कारण विस्थापित भएका ३ लाख ३० हजार मानिसलाई अन्यत्र सारिएको छ । मानव निर्मित नदीले चीनका ३० करोड जनतासमक्ष खानेपानी पुर्‍याउने छ । 


मानव निर्मित नदी चीनका ठूला पाँच चमत्कारिक इन्जिनियरिङ परियोजनामध्ये पर्दछ ।

south-north-water-transfer4












गितकार निलम आङ्बुहाङ राई


परिचय :- गितकार निलम आङ्बुहाङ राई
लेखक :- आकाश क्षितिज लिम्बु

प्रकृती सौदर्यताले भरिपूर्ण पुर्वी लिम्बुवानको मुटु ईलाम जिल्लाको समाल्बुङ भन्ने स्थानमा बुवा खड्ग बहादुर आङ्बुहाङ र आमा रुक्मणी देवी आङ्बुहाङ्को कोखबाट २०४० साल साउन ६ गतेका दिन जन्मनु भएकी निलम आङ्बुहाङ सानै देखी गित संगितमा अभिरुची राख्नु हुने, सुरुमा कविताबाट लेखन शैली सुरुवात गरेकी उहाको लक्ष्य प्राप्तिको निरन्तर अथाह प्रयास बावजुत हाल हामी उहालाई एक चर्चित गितकारको रुपमा चिन्न सकिन्छ ।






बिगत ८ साल देखी उहा प्रवाशी भुमी बेलायतमा बस्दै आउनु भएको छ ।आफनो पहिलो एल्बम ज्युनी ज्युनी भाग १ बाट निकै चर्चाको सिखरमा पुगी सक्नु भएकी निलम आङ्बुहाङ त्यस पछी लगतार श्रोताहरु माझ "अन्तरमनका तरङ्हरु", "जुनी जुनी भाग २" लगायत बिभिन्न गिती एल्बमहरुमा मिठा मिठा गितहरु पस्कनु भई श्रोताहरुको मन र मुटुमा बास बस्न सफल भई सकेकी छिन् ।उहा अब चाडै नै कलेक्सन एल्बम " निलम र " ज्युनी ज्युनी भाग ३ " एल्बम लिएर दर्शक एवं श्रोता माझा आउदै हुनुहुन्छ | ।हाल भब्यताको साथमा पर्दषन भइ रहेको "हसिया" चलचित्रका सम्पूर्ण गितहरुमा उहाकै शब्दहरु रहेको छ | साथै आज उहा सफल्ताको यस सिखर सम्म पुर्‍याउनु हुने प्रेरणाको श्रोतको रुपमा आफना अग्रज श्रश्टा एवम सम्पूर्ण शुभ-चिन्तक ज्यु हरुलाई सदावाहार सम्झी रहेको कुरा उल्लेख गर्नु हुन्छ । 




उहाको चाडै नै आउदै गरेको नया कलेक्सन एल्बम "निलम" र "ज्युनी ज्युनी ३ " ले समस्त दर्शक एवंम श्रोताहरुको मन जित्न सफल रहोस् बधाई एवम हार्दिक शुभकामना ।साथमा उहाको चाडै नै निस्कन लागेको नयाँ एल्बम " निलम " को "कोही आशु बगाएर" बोलको गितको एक छोटो अंश :-

"कोही आँसु बगाएर त्यो मन जित्न भनी आउलान"
"कोही मुस्कान सजाएर त्यो दिल चोर्न भनी आउलान"
"नमोडिनु अन्त कहीं बहकिने बतास जस्तो"
"बसी दिनु आँत्मा भित्र नमेटिने छाप जस्तो".
 

कृष्णकला वनेमकृत "अविश्वासको तरङ्ग" विमोचित


ईजरायल प्रवासमा रहनु हुने साहित्यकार कृष्णकला वनेमकृत "अविश्वासको तरङ्ग" नामक पुस्तक बि.स.२०७० चैत्र २८ दिन काठमाडौंमा एक कार्यक्रमबीच विमोचित भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् आयमेली कवि श्रद्धेय श्री बैरागी काइालाज्यूको प्रमुख आतिथ्यमा विमोचित भएको उक्त कृति माथि बानेश्वर क्याम्पसका डा. विष्णु राई, कवि प्राज्ञ श्रवण मुकारुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, नेपाली वाङ्मय परिषदका अध्यक्ष शशि लुमुम्वु, मिलाप मासिकका प्रधानसम्पादक कृष्णप्रसाद भुसाल लगायतले विमोचन गरेका थिए ।
त्यसरी नै सन् २०१४ अप्रिल १२ तारिखका दिन किरात याक्थुङ्ग चुम्लुङ्ग ईजराईलको प्रथम साधारण सभाको अवशर पारेर नेपाल आदिबासी जनजाति महासंघ ईजराईलका अध्यक्ष सुन्दर सिंह लामा तामांग, कियाचु ईजराइलका जेष्ठ सदस्य अम्बेर सावा र कियाचु ईजराइलका अध्यक्ष प्रताप मदेनाबाट पुन बिमोचन गरिएको छ ।
कथाकार कृष्णकला वनेमकृत "अविश्वासको तरङ्ग" नामक पुस्तक नेपाल र ईजराईल गरेर दुई पटक बिमोचन गरिएको हो । विमोचित कथा संग्रहमा १५७ पेजमा ९ वटा कथाहरु समेटिएका छन् ।
बैदेशिक रोजगारको लागि सन् २००८ मा सेक्टेम्बरमा ईजराईल प्रवेश गर्नु भएकी लेखिका वनेमको "बिर्सिएका गीतहरु" नामक गीति संग्रह २०६८ सालमा प्रकाशित भै सकेको छ ।दोश्रो कृतिका रुपमा आएको कथा संग्रह अविश्वासको तरंगमा लेखिका वनेमले देखेका भोगेका र अनुभब गरेका बिषयबस्तुलाई समेटेर कथाको रुपमा पाठकहरुको सामु ल्याएकी छिन ।उक्त पुस्तकको प्रकाशिका गौमाया नेम्बाङ्ग रहनु भएको छ भने पुस्तकको मूल्य नेरु २५० र नेपाल बाहिर १८ डलर राखिएको छ ।

नेपालमा विमोचन गर्ने अतिथीहरुले नै पुस्तकमाथी टिपणीपनि गरेका थिए । विभिन्न क्षेत्रहरुका व्यक्तित्वहरुको उपस्थितिमा विमोचित भएको अविश्वासको तरङ्ग कथासङ्ग्रमा लालच, साइबर प्रेम, सत्यको जित, अविश्वासको तरङ्ग, भाग्यको खोजी, चोखो प्रेमको अन्नत पीडा, कर्तय, प्यारी सङ्गिनीको अन्तिम जीवनयात्रा र समर्पण गरी ९ ओटा कथाहरु रहेका छन् । नेपालमा मिलाप मासिक र नेपाली वाङ्मय परिषदले विमोचन कार्यक्रमको आयोजना गरेको थियो ।           


सेक्स गरिसकेपछि महिलाको चाहना के हुन्छ ?

महिलाहरु सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन  उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन, तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन  यसले गर्दा कति जोडीको सम्बन्ध ब्रेकअप सम्म भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ त्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो केटि साथीलाई भरपुर मायादिनुहोस र उनीहरुको आत्मसमंको उचित कदर गरिदिनुहोस यसले तपाइको यौन जीवनको, साथै एक आपसमा सुमधुर सम्बन्ध बनाई राख्न ठुलो भूमिका खेल्दछ पिलिज यहाँ किलिक गर्नुहोला है एक पटक प्रतिवेदनमा उल्लेख गरे अनुसार केहि तथ्यहरु यहाँ उल्लेख गरिएको छ, जसलाई अपनाउनाले तपाइको यौन तथा प्रेममय जीवनलाई अवश्य सुखमय र सुमधुर बनाउने छ . सेक्‍स गर्नासाथ तपाइको सुतीहाल्ने बानी छ भने त्यसलाई बदल्नुहोस l किनकि सेक्स पछी त्यसरी सुतिहाल्दा केटि (महिलाहरु) को मनमा तपाई खाली आफ्नो मतलवको लागि मात्रै नजिक आउनु हुन्छ भन्ने पर्दछ सेक्स गरिसके पछी सबै भन्दा राम्रो तपाई आफ्नो साथीसंग स्पुन फिटिंग पोजिसनमा सुत्नुहोस, जस्तै दुइवटा चम्चा एक आपसमा खपटीएर राखेको जस्तो आसनमा, र आफ्नो हातले पार्टनरलाई हल्का स्पर्स गर्दै एक आपसबीचको रशिला रमाईला रोमान्टिक कुराहरु गर्नुहोस l यसले तपाइको केटि (महिला) साथीले सेक्युर्ड अनुभव गर्छन प्रेमको चरम सीमामा पुग्दा पनि केटिहरु आफ्नो प्रेमीसँग रसिला कुरा गरिरहन चाहन्छन, त्यसैले उनीहरुको मनोभाव बुझेर तपाई आफ्नो प्रेमिकालाई मायालु अंगालोमा बाँधेर एउटा मिठो चुम्वन गरिदिनु भयो भने उनीहरु हृदयदेखिनै तपाई प्रति कृतघ्न हुन्छन  यदि तपाई आफ्नो प्रेमिकाको मनको कुरा जान्न चाहनु हुन्छ भने, सेक्सको चरमोत्कर्स पछी स्पुन फिटिंग पोजिसनमा सुतेर बिस्तारै सोध्नुहोस, की भर्खरै गरेको सेक्समा के भयो कस्तो लाग्यो ? यस्तोमा तपाइको प्रेमिकाले स्वेक्षाले आपसे आप सबै बताई दिन्छे  यसरी आफ्नो प्रेमिकाको चाहना पुरा गरेर आफ्नो प्रेममय जीवनको खुसीलाई दुइगुना वृद्धि गर्न सक्नु हुनेछ सेक्सको चरमोत्कर्स पछी आफ्नो प्रेमिकालाई कस्तो लाग्यो, के भयो, सेक्स गर्दा कसरी गरेकोमा सबै भन्दा बढी आनन्द आयो, यस्तो समयमा के कुरा सबै भन्दा राम्रो लाग्छ वा मनपर्छ आदि कुराहरु सोध्नु भएर त्यस्ता कुरालाई आर्को पल्ट प्रयोग गरेर आफ्नो प्रेमिका संगको आत्मियता अझै प्रगाड हुनका साथै सम्बन्ध अझ नजिकिन्छ धेरै कम केटीहरुले लगातार दोश्रो पटक सेक्सको लागि अनुरोध गर्छन साथै केटाहरु सेक्सको चरमोत्कर्स पछी आराम गर्न वा सुत्न मन पराउछन भने केटीहरु यस्तो गर्दैनन त्यसैले तपाइको प्रेमिकाले फेरी अर्कोपटक पनि सेक्स गर्न अनुरोध गरेमा त्यसलाई तुरुन्त स्विकारी हल्नुहोस  किनकी यस्तो चान्स हतपत्ति आउदैन

कसरी मेटाउछन् प्रवासी नेपालीहरुले आफ्नो यौन तृष्णा ?




हामीले विदेश गएका श्रीमानका श्रीमतीहरु अर्कैसँग मोजमस्ती गरेको, सम्पति लिएर अर्कैसँग भागेको, 
बच्चाबच्चीलाई बिचल्ली बनाएर शारिरिक तृष्णा मेटाउन परपुरुषसँग भागेको यौन सन्तुष्टिका लागि अनेक पुरुषहरूलाई प्रयोग गरेको घटना सधैजसो समाचारहरूमा पढ्ने सुन्ने गरेका छौं । तर, कामका सिलसिलामा विदेशमा रहेका पुरुषहरू चाही लामो समयसम्म विदेशमा बस्दा यौन तृष्णा कसरी मेटाउँछन् त ?

लामो समय साउदी अरबमा बसेर फर्किएका झापाका सागर खरेल (नाम परिवर्तन) का अनुसार साउदीमा बस्ने युवाहरुले सेक्सको बारेमा अलि गम्भिर हुनुपर्ने बताउँछन् । किन कि त्यहाँको कानुन निकै कठोर छ । साउदीको कानुन अनुसार सेक्स तथा बलात्कारको घटना पुष्टि भए फिलिपिन्स बाहेक अन्य देशको नागरिकलाई मृत्युदण्ड सम्मको सजायँ हुन सक्छ । त्यसैले सामान्य रुपमा साउदीमा रहेका पुरुषहरुले आफ्नो शारिरिक तृष्णा मेटाउन निकै कठिन हुन्छ । त्यसैले यौन तृष्णा मेटाउन नेपालीहरूले विभिन्न तरिका अपनाउछन् ।

साउदीमा रहेका धेरैले त सेक्सको तृष्णा मेटाउन हस्तमैथुन र फोन सेक्सलाई नै रोज्ने गरेको सागर बताउँछन्  । कतिले त भेडा, गधा र उँट जस्ता जनावरहरुसँग पनि सेक्स गरेको उनले थाहा पाएको बताउँछन् ।  कतिपयले काँक्रोलाई बालुवामा गाडेर नरम बनाएर त्यसलाई सेक्स उपकरणको रुपमा समेत प्रयोग गरी आफ्नो शारिरिक तृष्णा मेटाउछन् रे ।

साउदीबाट फर्कनेहरुको अनुभवमा नेपाली कामदारहरुले  गोप्य रुपमा महिलासँग पनि यौन सम्बन्ध राख्ने गरेका हुन्छन् । त्यहाँ भएका फिलिपिन्स केटीहरु र अन्य देशका केटीहरुसँग गोप्य रुपमा २ सय रियालसम्म रकम खर्चेर पनि सेक्सको तृष्णा मेटाउन पाइन्छ  ।

मलेसिया सेक्सको लागि खुल्ला ठाउँ हो । त्यहाँ शहरका धेरै स्थानमा सरकारले नै रेडलाईट एरिया तोकिदिएको छ । मलेसियामा तीन वर्ष बसेर आएका भोजपुरका सन्तोष लिम्बु (नाम परिवर्तन) का अनुसार कामका लागि मलेसियामा रहेका लागभग ७५ प्रतिशत पुरुषहरु त अस्थाई विवाह गर्दछन् वा मासिक रुपमा पैसा तिरेर आफ्नो लागि दैनिक साप्ताहिक यौन साथी बनाएका हुन्छन् । त्यस्ता महिलाहरु ईन्डोनेसिया, भियतनाम, चाईनीज, माल्यु(स्थानीय) र नेपाली समेत हुन्छन् ।

मलेसियामा धेरैजसो नेपाली पुरुषहरुले रेडलाईट एरियामा गएर ३० देखि ४० रिङ्गेटसम्म खर्च गरेर यौन सन्तुष्टि लिन्छ भने अस्थाई विवाह गरेजस्तै गरि मासिक रुपमा रकम भुक्तानी गर्नेहरुले भने ४ सय रिगेटदेखि ६ सय रिगेटसम्म खर्च गर्छ ।

मलेसियामा त यौनकर्मीहरु ग्राहक खोज्न कोठा कोठामा सम्म नै आउँदछन् । त्यसैले पुरुषहरू कोठाको ढोकामा महिलाको जुत्ता चप्पल राखेर सुत्नु पर्ने बाध्यता हुन्छ । यौनकर्मीहरू सधैजसो ग्राहक खोज्न कोठैमा आउने गरे पनि तलब बुझेको दिनमा दिनमा चाही अलि जबर्जस्ति गर्ने गर्दछन् ।

त्यस्तै सेक्सको लागि दुवई, कतार पनि अलि खुल्ला हुने कुरा त्यहाँ काम गरेर फर्किएकाहरुको अनुभव छ । दुवई र कतारमा फिलिपिन्स, भियतनामीहरू अन्य कामसँग यौन व्यवसायी गर्ने महिला छन् । उनीहरुसँग नेपाली पुरुषहरु पैसा तिरेर यौन तृष्णा मेटाउछन् ।

खाडी मुलुकसँगै बेलायत, अमेरिका, जापान, कोरिया र अष्ट्रेलिया लगायत अन्य मुलुकहरुमा पुग्नेहरुको पनि आ–आफ्नै समस्या छन् यौनको सम्बन्धमा । यी देशहरुमा पनि यौनको बिषयमा घट्ने घटनाहरुमा नेपालीहरू पनि जकडिएका हुन्छन् ।

जापानमा रहेका गोरखाका प्रकाश देवकोटा (नाम परिवर्तन) को अनुसार जापानमा यौन तृष्णा मेट्नको लागि लभ होटल हुन्छ र ती होटेलहरूमा गएर आफुले छाने अनुसारको केटा वा केटीसँग बसेर रोमान्स गर्न पाईन्छ । त्यसको लागि प्रति घण्टा ५ देखि १० हजार नेपाली रुपैया खर्च गर्नुपर्ने हुन्छ । त्यत्ति मात्र होईन जापानमा यौन तृष्णा मेटाउन अथवा आफ्नो खर्च धान्नको लागि पनि विद्यार्थी भिसामा जापान पुगेका नेपाली केटा केटीहरू चिनजानका केटाहरूसँग यौन सम्बन्ध राख्ने गर्दछन् । यौन तृष्णा मेटाउन जापानको रेल स्टेशन यौन धन्दाको लागि मोलतोल गर्ने मुख्य ठाउँ हो ।  रातको १० बजेपछि रेल स्टेशनमा खुल्ला रुपमा बटुवाहरुसँग मोलतोल हुन्छ जहाँ नेपालीहरू पनि भेटिन्छन् ।

जापानमा केही वर्ष बसेर फर्केकाहरुको अनुभव अनुसार जापानमा अन्य देशका केटा केटीहरुलाई अलि गाह्रो नै हुन्छ । आफ्ना कोही चिने जानेको मानिस जापानमा छैन भने केटा केटीहरुलाई जापान नपठाएकै बेश हुने उनिहरुको भनाई छ । जापानमा नयाँ र सोझा केटा केटीहरुलाई जागीर देखि भिसा परिवर्तन गराईदिने लगायतका विभिन्न प्रलोभनमा परी यौन शोषण गर्ने गिरोहहरुको विगविगी नै छ । केटा केटीहरु जापानमा नजानेरै फस्न सक्ने उनीहरुको भनाई छ ।

त्यस्तै जापानमा भएका विभिन्न रात्री बारहरुमा पनि आफ्नो यौन तृष्णा मेटाउन नेपालीहरु जाने गरेका छन् । जापानमा यौनलाई खुल्ला रुपमै छोडिएको कारण विभिन्न स्थानमा गएर नेपालीहरुले आफ्नो यौन चाहना त पुरा गर्दछन तर त्यस संगै उनीहरु यौनकर्मीहरुबाट नै पटक पटक लुटिएका हुन्छन् । अझ जापानमा त धेरै नेपालीहरुले यौन दुर्व्यवहारकै कारण कारवास सम्मको सजाय भोगीरहेको उनीहरुको भनाई छ । यस्ता घटनाहरु धेरै नै घट्ने भए पनि आफ्नो परिवार र आफन्तहरुले थाहा पाउने भएकै कारण प्राय बाहिर आउँदैनन् ।

त्यस्तै बेलायत, अमेरिका, कोरिया र अष्ट्रेलिया लगायत अन्य देशहरुमा रहेकाहरुले पनि आफ्नो यौन तृष्णा मेटाउनको लागि थोरै रकम खर्च गरेर भए पनि यौन साथी खोजेका हुन्छन् । यौनलाई खुल्ला रुपमा लिने देशहरुमा भने रकम खर्चेर भए पनि यौन सन्तुष्टि लिन पाउँछन्, नेपालीहरू ।