पुस १५, चीन सरकारले इन्टरनेटको प्रयोगकर्ताहरुलाई आफ्नो पहिचान खुल्ने पूर्ण विवरण पेश गर्नुपर्ने कडा नियम लागू गरेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले नागरिकको व्यक्तिगत विवरण सुरक्षित र गोप्य राख्ने भन्दै नियममा कडाइ गरेको कुरा समाचारमा जनाइएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्हवाले जनाएको एक समाचार अनुसार आलोचकहरुले भने अहिले भर्खरको नयाँ सरकारले ल्याएको यस नियमले हरेक नागरिकको वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।
अहिले आएको यस पछिल्लो कदमले नयाँ नेतृत्वले इन्टरनेटलाई एक खतराको रुपमा हेरेको कुरा प्रस्ट पारेको भन्ने आलोचकहरुले ठहर गरेका छन् ।
No comments:
Post a Comment