नेपालको चरिकोटमा भ्यागुताको यौन संपर्कबाट महिलाले बच्चानै जन्माइन्..

 करिब २०० ग्रामको भ्यागुता । कम्तिमा ५० हजार ग्रामको मान्छे । भ्यागुताभन्दा मान्छे ४८ हजार ग्राम ठूलो । अर्थात भ्यागुता जत्रो त मान्छेको खुट्टाको बुढि औंलानै हुन्छ। अनि कसरि भ्यागुताले मान्छेलाई यौन सम्पर्क गरे होला ? भ्यागुता यौन सम्पर्क गर्न आउन्जेल महिलाले के हेरेर बसिन् होला ? कौतुहलता जाग्दैन त ? यस्तोपनि कहि संभव छ ? जे सुकै भन्नुस संभव हुने रहेछ त । नेपालको पूर्वी जिल्ला चरिकोटमा भ्यागुताको यौन संपर्कबाट एक जना महिलाले बच्चानै जन्माइछन् । नपत्याको ? फोटो हेर्दै नालीबेली थाहा पाउन भित्र आउनुस ।
एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत साथीको ईमेल आयो । शिर्षक थियो-फ्रग बेबी (भ्यागुते बच्चा) । अनौठो लाग्यो शिर्षक देख्दै । हत्त न पत्त हेरेको त अचम्मको समाचार रहेछ । सरर पढें । कसरि नपत्याउने ? हजार शब्द बराबर एकै तस्बिरले बोल्छ भन्छन् । दुई वटा फोटापनि छन् । त्यो भन्दा बढि प्रमाण के ? बच्चा यसो हेर्दा त भ्यागुता जस्तै देखिन्छ ।
फोटोमा कान्तिपुर पब्लिकेसन्सको नाम छ । खोइ पहिलेनै आइसकेको रहेछ कि समाचार ? आफुले थाह पाइएन । एकाध साथीभाईलाई सोधें कसैलेपनि थाह थियो भनेनन् । किन नलेख्ने त यस्तो चाखलाग्दो विषयमा एउटा ब्लग ? भन्ने लाग्यो । हेर्नुस् त, बच्चा यसो हेर्दा टाउकाको पछिल्लो भाग भ्यागुताकै जस्तो सिनित्त परेको छ। आँखा त भ्यागुताकै जस्ता बल्ढ्यांग्रा परेका छन् । अगाडि भ्यात्त निस्किएका । शरिर मान्छेको जस्तो त छ । बनावट भने भ्यागुताको जस्तो लाम्चो परेको ।
यो बच्चा जन्माउने आमा रहिछिन सुन्तली कार्की । बच्चाको स्वास्थ्य हेर्ने चिकित्सकहरुका अनुसार आमा खोलामा नुहाउन गएकि रहिछिन। त्यहिबेला उनको योनीमा पानीमा तैरिएको भ्यागुताको शुक्रकिट संसर्ग भयो । बच्चाकि आमाको डिम्बमा भ्यागुताको शुक्रकिट संपर्क हुनपुग्यो । संयोगले गर्दा महिलाको डिम्बाशय खुलेको बेलामै पर्‍यो ।
त्यो अनौठो बच्चा जन्मिएको आधा घण्टामै मरेछ । बच्चा अस्पत्ताल पुर्‍याउँदा मरिसकेको रहेछ । सर्प नचाएकोदेख्दा होस् कि आलु काट्ने धातु भारतीयले बेच्दा, भिडमभिड लाग्ने नेपालीहरुलाई यस्तो घटना देखेपछि के चाहियो ? सारा धुइरो लागेछन् अस्पत्तलमा अनौठो बच्चा हेर्न । भिड यति बढेछ कि प्रहरी लगाएर नियन्त्रण गर्नुपर्ने । लाठी मुंग्री नभई त हामी नेपालीलाई नभै नहुने । स्थानिय काम नपाएका मान्छे न हुन्, बच्चालाई भाँडोमाहालेर गाउँमा देखाउँदै हिँडे केहिबेर ।
बच्चा सामान्य उहि नौ महिना गर्भमा बसेरै जन्मिएको रहेछ । जन्मिदा तौल रहेछ दुई किलो । यस अघि दुई छोरीकि आमा बनिसकेकि सुन्तलीलाई भने बच्चा जन्माउँदा कुनै अतिरिक्त पिँडा भएको रहेनछ । बच्चा मरेकोमा बाबु निरबहादुर कार्कीले आफुलाई कुनै पश्चाताप भने नलगेको बताउँदै भनेछन् “धन्न श्रीमतीलाई केहि भएन, म त खुशी छु” ।

No comments:

Post a Comment