विज्ञान प्रबिधि


राष्ट्रव्यापी वेबसाइट प्रतिस्पर्धा सुरु

काठमाडौँ, १८ पुस । देश विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना तथा प्रविधि विषय अध्ययन गरिरहेका विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘राष्ट्रव्यापी वेबसाइट प्रतिस्पर्धा’ आजदेखि सुरु भएको छ ।
कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) र शस्त्र क्रियसन्सको संयुक्त आयोजनामा पहिलोपटक राष्ट्रव्यापीरूपमा वेबसाइट निर्माण प्रतिसपर्धा सुरु भएको आज यहाँ आयोजित कार्यक्रमा जानकारी दिइएको हो ।
विज्ञान प्रविधि तथा वातावरणमन्त्री डा केशवमान शाक्यले आज सो प्रतिस्पर्धाको उद्घाटन गर्दै सूचना प्रविधिको क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । सचिव केशव भट्टराईले सूचना प्रविधिका क्षेत्रमा सिर्जनात्मक कार्य गर्ने युवालाई देशमै रोजागारीका अवसर सिर्जना गर्न राज्य र निजी क्षेत्र मिलेर अघि बढ्न सकिन्छ भन्नुभयो ।
क्यान अध्यक्ष विनोद ढकाल र सस्त्र क्रियसन्सका प्रमुख कार्यकारी अधिकृत आशिषजङ्ग रायमाझीले पहिलो पटक हुन लागेको सो प्रतिस्पर्धाले देशको सूचना प्रविधिमा युवाको आकर्षण बढाउन मद्दत गर्ने धारणा राख्नुभयो ।
सो प्रतिस्पर्धाका संयोजक विमलकुमार शर्माले सूचना प्रविधिको विकासबाटै देशको विकासका ढोका खोल्न सकिने भएकाले राज्यले थप महत्वका साथ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सो प्रतिस्पर्धामा भाग लिन चाहने विद्यार्थीले रु ५०० शुल्क तिरेर आजदेखि माघ २० गतेसम्म नाम दर्ता गराउन सक्नेछन् । सो अवधिमा दर्ता भएका प्रतियोगीलाई वेबसाइट निर्माण गर्न लगाइने छ । उनीहरूले निर्माण गरेका वेबसाइटमध्ये उत्कृष्टताका आधारमा पहिलो हुनेलाई रु ५० हजार, दोस्रोलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १५ हजार प्रदान गरिने र त्यस अवधिमा उत्कृष्ट सिर्जना प्रस्तुत गर्नेलाई रु १५ हजार छुट्ट्रै प्रदान गरिने आयोजकले जनाएको छ ।
सो प्रतिस्पर्धामा ५०० विद्यार्थीको सहभागिता हुने आयोजकले विश्वास लिएको छ । रासस


Worldwide Send Free SMS PC to Mobile



Worldwide Send Free SMS PC to Mobile
Please use following format to send SMS. 
enter 00+Country Code+Mobile Number
To send the SMS you have to enter number in following format: 00+Country code+ Mobile Number. For Nepal you have yo enter 0097798...... यदि messege पठाए पछि 0 देखियो भने messege गएन । 1 आयो र send conformation आयो भने मात्रै Messege गएको हुन्छ ।







ह्याकर समुहद्धारा नासाले
मंगलग्रहमा पठाएको रोवोटनै ह्याक गर्ने चेतावनी

ह्याकिङको लागि संसार भरिनै नाम कमाएको 'एनोनीमस ग्रुप अफ ह्याकर्स' ले अमेरकी अन्तरिक्ष सस्था नासाले
मंगलाग्रहमा पठाएको क्युरोसिटी मार्स
रोभर ह्याक गर्ने चेतावनी दिएको छ।

केही समय अगि विकिलिक्सका सस्थापक
जुलियन असान्जको प्रक्राउको विरोधमा थुप्रै
अमेरकी सरकारका वेवसाइटहरु ह्याक गरेर
आफ्नो सामर्थ्यको परिचय
दिइसकेको 'एनोनीमस ग्रुप अफ ह्याकर'
को चेतावनीलाई कसैले
पनि कमजोररुपमा लिएको छैन्।
न्युरोर्को एउटा सेक्युरिटी फर्मले इन्टरनेट
रिले च्याट(आईआरसि)मा नासाले क्युरोसिटी रोभरसंग सञ्चार गर्ने प्रयोग गरेको सिग्नलको बारमा कुराकानी भएको
देखेको दावी गरेको छ।



No comments:

Post a Comment