चीनका यी हतियारसँग डराउँछ भारत




 अहिले चीनीयाँ सेना लद्धाखमा आफ्नो अड्डा जमाएर बसेको छ । आफ्नो सिमामा अड्डा जमाएर चीनीयाँ बसेको थाहा हुँदा हुँदै पनि भारत भने मौन छ । भारत चीनसँग केवल सेना फिर्ता गर्न माग गरिरहेको छ । कुनै चेतावनी छैन्, कुनै धम्की पनि छैन् । साना देशलाई पाए आक्रमणै उत्रिउला झै गर्ने भारत चीन प्रति आक्रामक देखिएको छैन् । किन त आफ्नो सिमा मिचिँदा पनि भारत चुप छ ? भारतीय सरकारले यो कुरा राम्रोसँग थाहा छ की चीनसँग निहुँ खोजेर भारतको भलो हुँदैन । विश्वको शक्ति राष्ट्रको रूपमा रहेको चीनसँग झगडा गर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो । भारत चीनीयाँ सरकारसँग सेना फिर्ता तथा कब्जा सिमा फिर्ताका लागी आग्रह मात्र गरिरहेको छ । चीन विश्वको एक महाशक्ति राष्ट्र हो । 

भारत पनि यस ज्ञानबाट अछुतो छैन् भने भारतलाई यो पनि थाहा छ कि चीनमा बनेको नयाँ सरकार निकै आक्रामक छ र उसले सुरक्षाका लागी मात्र गत वर्ष भन्दा निकै ठूलो रकम निकाशा गरेको छ । यस हिसाबले पनि चीन शक्तिशाली बन्ने तयारीमा छ भने चीन पहिले देखीनै विश्वको सबैभन्दा धेरै सैनिक भएको देश हो । भारत चीनसँग डराउनुमा यति मात्र कारण नभई चीनसँग रहेका हतियार पनि हुन् । भारत चीनसँग रहेका परमाणु हतियार देखी अन्य सबैखाले हतियारका कारण डराएको छ । चीनसँग रहेका १० विषेश हतियारसँग भारतको विषेश डर छ । आफ्नो सानो गल्तिले पनि युद्धको अवस्था सिर्जना भए आफ्नो देश सखाप हुने भारतलाई डर छ । त्यसैले पनि भारत अहिले चीनसँग सकेसम्म कुटनीतिक हिसाबले मुद्दालाई टुङ्ग्याउने पक्षमा छ । के-के छन् चीनसँग हतियार ?

लियोनिंग एयरक्राफ्ट क्यारिअर: लियोनिङग एयरक्राफ्ट केरियरचीनको पहिलो विमान बाहक पोत हो । यसलाई पिपुल्स लिबेरेशन आर्मी नेवीमा सन् २०१२ मा निर्माण गरिएको थियो । 

 २. चेन्ग्डु जे-२० फाइटर एयरक्र्याफ्ट: यो पाँचौ जेनेरेशनको दुई इन्जिन भएको लडाकु विमान हो । चेन्ग्डु पिपुल्स लिबेरेशन आर्मीको लागी निर्माण गरिएको विमान हो । यसको परिक्षण अहिले पनि चलिरहेको छ । यसलाई सेनामा सन् २०१७ देखी २०१९ भित्र सामेल गरिनेछ ।

डब्लूजेड-१० हेलिकप्टर: चीनले बनाएको यो हेलिकप्टर विशेष गरी युद्धका बेला आक्रमणका लागि प्रयोग गरिन्छ । यस हेलिकप्टरबाट स-साना मिसाइल आक्रमण गर्न सकिन्छ । 




No comments:

Post a Comment