गितकार निलम आङ्बुहाङ राई


परिचय :- गितकार निलम आङ्बुहाङ राई
लेखक :- आकाश क्षितिज लिम्बु

प्रकृती सौदर्यताले भरिपूर्ण पुर्वी लिम्बुवानको मुटु ईलाम जिल्लाको समाल्बुङ भन्ने स्थानमा बुवा खड्ग बहादुर आङ्बुहाङ र आमा रुक्मणी देवी आङ्बुहाङ्को कोखबाट २०४० साल साउन ६ गतेका दिन जन्मनु भएकी निलम आङ्बुहाङ सानै देखी गित संगितमा अभिरुची राख्नु हुने, सुरुमा कविताबाट लेखन शैली सुरुवात गरेकी उहाको लक्ष्य प्राप्तिको निरन्तर अथाह प्रयास बावजुत हाल हामी उहालाई एक चर्चित गितकारको रुपमा चिन्न सकिन्छ ।






बिगत ८ साल देखी उहा प्रवाशी भुमी बेलायतमा बस्दै आउनु भएको छ ।आफनो पहिलो एल्बम ज्युनी ज्युनी भाग १ बाट निकै चर्चाको सिखरमा पुगी सक्नु भएकी निलम आङ्बुहाङ त्यस पछी लगतार श्रोताहरु माझ "अन्तरमनका तरङ्हरु", "जुनी जुनी भाग २" लगायत बिभिन्न गिती एल्बमहरुमा मिठा मिठा गितहरु पस्कनु भई श्रोताहरुको मन र मुटुमा बास बस्न सफल भई सकेकी छिन् ।उहा अब चाडै नै कलेक्सन एल्बम " निलम र " ज्युनी ज्युनी भाग ३ " एल्बम लिएर दर्शक एवं श्रोता माझा आउदै हुनुहुन्छ | ।हाल भब्यताको साथमा पर्दषन भइ रहेको "हसिया" चलचित्रका सम्पूर्ण गितहरुमा उहाकै शब्दहरु रहेको छ | साथै आज उहा सफल्ताको यस सिखर सम्म पुर्‍याउनु हुने प्रेरणाको श्रोतको रुपमा आफना अग्रज श्रश्टा एवम सम्पूर्ण शुभ-चिन्तक ज्यु हरुलाई सदावाहार सम्झी रहेको कुरा उल्लेख गर्नु हुन्छ । 




उहाको चाडै नै आउदै गरेको नया कलेक्सन एल्बम "निलम" र "ज्युनी ज्युनी ३ " ले समस्त दर्शक एवंम श्रोताहरुको मन जित्न सफल रहोस् बधाई एवम हार्दिक शुभकामना ।साथमा उहाको चाडै नै निस्कन लागेको नयाँ एल्बम " निलम " को "कोही आशु बगाएर" बोलको गितको एक छोटो अंश :-

"कोही आँसु बगाएर त्यो मन जित्न भनी आउलान"
"कोही मुस्कान सजाएर त्यो दिल चोर्न भनी आउलान"
"नमोडिनु अन्त कहीं बहकिने बतास जस्तो"
"बसी दिनु आँत्मा भित्र नमेटिने छाप जस्तो".
 

No comments:

Post a Comment