पूर्वका ९ जिल्ला बन्द, बिहानै देखि जनजिवन प्रभावित

 १६ जेठ, काठमाडौ । पूर्ण समानुपातिक स्ववियू निर्वाचन प्रणालीको माग गर्दै आएका पुर्वका विभिन्न ६ विद्यार्थी संगठनले आज पुर्वका नौ जिल्ला बन्दको घोषणा गरेका छन् । आगामी स्ववियुको निर्वाचन बहिष्कार गर्ने बताउँदै आएका ती संगठनले संयुक्त लिम्बुवान विद्यार्थी मोर्चा गठन गरी आफ्ना मागलाई वेवास्ता गरी स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन गर्न खोजिएको भन्दै आज ताप्लेजुङ सहित पुर्वका नौ जिल्ला बन्द गराएका हुन् ।

 बन्दको कारण लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने, बजार पसल, कलकारखाना र विद्यालय विहानै देखि बन्द भएका छन् । पूर्ण समानुपातिकको मुद्धामा सहमति नभएको भन्दै संघीय विद्यार्थी युनियन, लिम्बू विद्यार्थी परिषद्, लोकतान्त्रिक लिम्बुवान विद्यार्थी परिषद्, लिम्बू विद्यार्थी मोर्चा, लिम्बू विद्यार्थीर् मञ्च र कोचिला विद्यार्थी परिषदले एकीकृत आन्दोलनका लागि संयुक्त मोर्चा बनाएर आन्दोलन सुरु गरेका हुन् । उनीहरूले आगामि जेठ २३ गते पनि लिम्वुवान आम हडताल गर्ने घोषणा गरेका छन् । यस्तै, नेकपा-माओवादी रूपन्देहीले रूपन्देही बन्दको आव्हान गरेको छ । बन्दका कारण बजार, पसल, कलकारखाना र विद्यालय समेत बिहानै देकी बन्द भएका छन् । 

No comments:

Post a Comment