गणेश र पर्शुरामसहित ५ डन सम्पत्ति शुद्धीकरणमा डामिए


  ५ जेठ, काठमाडौं । गुण्डागर्दी गरी अबैधरुपमा सम्पत्ति आर्जन गरेको भन्दै ५ ‘डन’ विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले स्रोत नखुलेको करोडौं सम्पत्ति थुपारेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । विभागले फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामा, एमाले समर्थित युवा संघका केन्द्रीय सदस्य पर्शुराम बस्नेत, लिम्बुवान समूहमा लागेका दीपक मनांगे, डन चक्रे मिलन र बिराटनगरमा पर्शुराममा प्रतिद्वन्दीका रुपमा चिनिएका अभिषेक गिरी रहेका छन् । ‘गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर भएको हो’ विशेषका प्रवक्ता धीरबहादुर चन्दले भन्नुभयो-’विभिन्न पत्र पत्रिकामा आएको समाचार, ठेक्कापट्टा कमिसन, धाकधम्की दिएर रकम असुलेको र तस्करीबाट कमिसन उठाएको आरोप छ ।’
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस्   
 मुद्दा दायर गरेका मध्ये चत्रे मिलन लागू औषधको मुद्दामा डिल्लीबजार कारागारमा थुनामा छन् भने अन्य फरार छन् । अदालतका अनुसार दोषी देखिए बिगोसहित १ देखि ४ वर्ष कैद वा दुबै सजाय हुन सक्नेछ । अदालतमा यसअघि परेका सम्पत्ति शुद्धीकरणसम्बन्धी १८ मुद्दामा एउटा बाहेक सबैमा सजायँ भएको छ ।

No comments:

Post a Comment