अबको चुनाबमा रेखा थापाले केपी ओलीको क्षेत्रमा भिड्ने

 काठमाडौं, जेठ ७ गते । हालै एमाओवादी प्रवेश गरेकी नायिका रेखा थापाले एमाले नेता केपी ओलीको क्षेत्रबाट चुनाव लड्ने संकेत गरेकी छिन् । मंगलबार राजधानीबाट प्रकाशित हुने जनादेश साप्ताहिकलाई दिएको अन्तर्वार्तामा रेखाले संविधान सभा चुनावमा गगन थापा उठेकै क्षेत्रबाट लड्ने हल्ला छ नि भनी सोधिएको प्रश्नको जवाफमा उनले भनेकी छिन्, ‘गगन थापाको क्षेत्रमा चुनाव लड्ने भन्ने हल्ला सुन्नु भएछ मैले त केपी ओलीको क्षेत्रमा चुनाव लड्ने हल्ला सुनेकी छु ।’ कुराकानीको क्रममा रेखाले आफ्नो छोटो स्कर्ट र श्रीमानसितको झगडा मात्रै विकेकोमा पनि दुःखेसो पोखेकी छिन् ।



भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस् 
‘जनयुद्धमा सेना भएर लाग्ने र नेता भएर बस्नेबीच फरक छ’ त्यसैगरी, एमाले परित्याग गरी एमाओवादी प्रवेश गरेकी नेतृ उर्मिला अर्यालले जनयुद्धमा सेना भएर लाग्ने र नेता भएर बस्नेको जीवनशैलीमा फरक रहेको बताएकी छिन् । जनयुद्धमा लागेर बुर्जुवा शिक्षा भन्दै बहिस्कार गरेका, युद्धका क्रममा परिवारका सदस्य मारिएका र घर सम्पत्ती गुमाएकाहरुको र केही पनि नगुमाएका बीच एमाओवादीमा फरक रहेको एमालेकी पूर्व पोलिट ब्यूरो सदस्य अर्यालको टिप्पणी छ । सोही साप्ताहिकलाई दिएको अन्तर्वार्तामा उर्मिलाले भनेकी छिन्, ‘त्यस्ता चीज नगुमाएको एउटा पंक्ति पनि छ । जनयुद्धमा सेना भएर लाग्ने र नेता भएर बस्नेमा फरक छ नि !’ शिक्षाबाट बञ्चित भएकालाई छुट्टै प्याकेज लिएर शिक्षा अभियान चलाउन सकिने पनि उनको धारणा छ ।

No comments:

Post a Comment