स्पेनकी महिलाको दाबी : सूर्य मेरो

बाटो, बिजुली, पार्किङ, खर्च, आम्दानी, खाना, उपचार, शिक्षा, टिभी, रेडियो सारामा कर तिर्दातिर्दा फ्रान्सेलीहरुबिच एउटा भनाई अति लोकप्रिय छ- अब कुन दिन सरकारले स्वास फेरेको’नी कर लिने हो । तर साँच्चिकै यस्तो समय आयो, स्वास फेरेको त के सम्पूर्ण सूर्यनै मेरो भन्दै दाबी गरेकी छन् एक स्पेनिस महिलाले । स्पेनकी ४९ वर्षीया अँजेले दुरान् नामकी महिलाले अहिले सम्पूर्ण सूर्यको मालिक नै आफू भएको दाबी गरेर विश्वलाई चुनौती दिएकि छन् । नयाँ बहस स्रिजना गरेकि छन् ।
उनको दाबी आफैंमा अचम्मको छ । अहिलेसम्म सूर्य मेरो हो भन्ने दाबी त के कसैले सोच्न सम्म नभ्याएकाले आफू पहिलो भएको हुँदा सूर्य आफ्नो हुनुपर्ने तर्क अघि सारेकी छन् । आफूले चाहेको इन्टरनेटको नयाँ डोमेन ठेगाना झैँ सूर्य आफ्नो नाममा दर्ता हुनुपर्ने तर्कपनि उनको छ ।
उनको दाबी तर्कबिहिन भने छैन । किनभने सूर्य नभएपनि विभिन्न तारा, नक्षत्र र तारापुञ्जहरू व्यक्ति व्यक्तिका नाममा दर्ता गर्ने इन्टरनेशनल स्टार रजिस्ट्री (आइ एस आर) भन्ने संस्था अन्तर्राष्ट्रिय स्तरकै छ । त्यसले अहिले सम्म १० लाख जति ताराहरूको नाम अनौपचारिक रूपमा विभिन्न व्यक्तिका नाममा दर्ता गरिसकेको छ । नाम राख्नेहरु त्यसको नजिक पुग्न नपाउन् तर यो मेरो नाममा भन्दै दंग छन् । त्यो एजेन्सीले ४८.९५ (करिब तिन हजार आठ सय रुपियाँ) अमेरिकी डलरमा एउटा ताराको नाम दर्ता गरेर प्रमाणपत्र दिन्छ ।
तर आइ एस आरले के स्पष्ठ पारेको छ भने ‘त्यो तारा तपाइकै स्वामित्वमा त हुने हैन तर आफ्नो प्रियको नाममा राख्ने हो । र उसले खासगरी भ्यालेन्स्टाइन डे (प्रणय दिवस) का उपलक्ष्यमा विशेष योजना बनाएको छ प्रेमी प्रेमीकाको नाममा दर्ता गरिदिने ।
संयुक्त राष्ट्र संघको आउटर स्पेस ट्रिटी (United Nations’ Outer Space Treaty) भनिने एउटा सन्धि छ । त्यसले प्रथ्वी बाहेक अन्य ग्रह वा प्रथ्वी बाहिरका वस्तुमा स्वामित्व लीन नपाउने भन्ने । सूर्य आफ्नो नाममा दाबी गर्ने अँजेले दुरानले त त्यो व्यक्तिमाथि निर्देशित नारिएकोले लागू नहुने चुनौती दिइन् -त्यो सन्धिमा कमजोरी छ । स्पेस सन्धिले राष्ट्रहरूलाई बन्देज गरेको छ व्यक्तिलाई छैन । उनले आफ्नो नाममा दर्ता हुने आशा गरिन् ।
गत नोभेम्बर महिनाभरि स्थानीय व्यक्ति र सँग संस्था अनि सञ्चार माध्यमका अगाडि सूर्य आफ्नो भएको दाबी गर्न उनी व्यस्त रहिन् ।
स्पेनको दैनिक अखबार एल मुन्दोसँग कुरा गर्दै उनले सूर्यको ऊर्जा प्रयोग गर्ने सबैलाई महसुल लगाउने बताइन् । त्यसबाट उठेको पैसा के गर्ने योजना होला उनको ? आधा रकम स्पेनियाली सरकारलाई दिने । २० प्रतिशत राष्ट्रको पेन्सन कोषलाई । १० प्रतिशत अनुसन्धानका लागि । १० प्रतिशत विश्वको भोकमरी अन्त्यकालागि । बाँकी ? आफ्नो लागि राख्ने छिन् ।
तर त्यसकालागि उनले के गर्नु पर्ने छ ? ब्रह्माण्ड माथि सौर्य शक्ति पट्टीका (solar power panels) लगाउनुपर्ने छ । तर मान्छेहरूले उनलाई फरक खालको सुझाव दिएका छन् । पुन नामाकरण गर्नु उचित होइन । किनभने यसको प्रशस्त मार्केटिङ भइसकेको छ र ‘सूर्य’ नाम स्थापित छ । बरु सूर्य नामलाई उनले ट्रेडमार्क लगाउन सक्छिन् । सूर्योदय, सूर्यास्त, सूर्य ग्रहणका तस्विरहरूमा प्रतिलिपि अधिकार लिन सक्छिन् । अनि सूर्यको कुनैपनि रूपको तस्विर प्रयोग गर्दा ‘सूर्य’ –तस्विर सौजन्य : दुरेन’ भनेर उल्लेख गर्न लगाउन सक्छिन् ।
सौर्य उर्जाको बिल नतिरेर हुन्छ के ? दुरनले सूर्य झिक्दिन सक्ने हो र ? केही करोड डलर आम्दानीका लागि प्रिथ्वीको परिक्रमामा घामको प्रकाश छोपिदिने कुनै वस्तु राख्न सकिन्छ । मानिसहरूले सूर्य उर्जाको लागि जे राख्छन् त्यो र सितल बनाउनकालागि छायाँ पार्ने साधन राख्नु पर्ने छ । त्यसको दामपनि दुरेनले लिने छिन् ।
फाइदा त लिने । तर सूर्यले गर्ने क्षति चाहिँ कसले तिर्छ नि ? त्यसको जिम्मेवारी चाहिँ लिनु पर्दैन ? कहिलेकाहीँ सूर्यका लप्का छुट्टिएर हिरोशिमामा खसेका अणुवमको अनुपातमा करोडौँ बढि आणविक बम जस्तै खस्छन् । त्यसले विश्वभरि नै सञ्चारलाई अवरुद्ध पार्छ । त्यसले गर्दा उर्जाको वितरणमा दखल, खानी पानी, बिजुलीको आपूर्ति, औषधी र  बालीनाली लगायत अन्य दैनिक आवश्यकताका वस्तुको क्षति हुने गर्छ । घामले डढाएको, पोलेको, घामले सुकाएर बालीनाली खत्तम पारेको क्षतीपूर्तीसमेत उनले दिनुपर्ने छ ।
विश्वको मौसम बदली र त्यो परिवर्तन गराउने शक्तिनै सूर्यले दिने हो । त्यसैले समुद्री आँधी,  उष्ण हुरी बतासले गर्ने क्षतिको जिम्मेवारपनि दुरन नै हुनुपर्ने छ । त्यो सबैको लागि दुरनले क गर्लिन् ? तगडाको विमा व्यवस्था । पाउलिन् त यस्तो सबै विमा गर्ने कंपनी दुरनले ?

No comments:

Post a Comment