रुखैबाट बिरालोको सुराकी

यस्सो सर्प देख्यो भने कुखुराले क्वाक्क क्वाक्क गरेको त सुन्नु भएकै होला । छ्यास् र्‍यास्र्‍याङ्ग गर्‍यो भने कुकुर ह्वाङह्वाङ गर्दै कराउँछ । धेरै स्तनधारी जनावर र चराहरुले कुनै जिव यस्सो नजिक आएको पत्तो पाए भने कराउन थालिहाल्छन् । खुट्टा बजार्छन् । तर बाँदरहरुले ? बाँदरहरुको पारा झन गज्जबको हुने रहेछ । बैज्ञानिकहरुले ब्ल्याक फ्रन्टेड टिटी मङ्किज भन्ने बाँदरहरुले अचम्मको आवाज निकाल्ने पत्ता लगाए । तिनले कुनै जिव, शत्रु देख्दा त्यो जिव के हो भन्ने परिचय खुल्ने  आवाज र त्यो जिव कहाँनिर छ भनेर खुलाउने रहेछन् । त्यो पत्ता लगाउन उनीहरुले ब्राजिलको एटलान्टिक रेन फरेस्ट भनिने जंगलमा परिक्षण गरे । 
बैज्ञानिकहरुले बाँदर बस्ने क्षेत्रमा लगेर मांशहारी चरा जस्तो देखिने क्रित्रिम वस्तु छोडे । जसले मांशहारी चरालेझैं आवाज निकाल्थ्यो । अर्को बिरालो लगेर नजिकै छोडिदिए । जब त्यो चरा (र्‍याप्टर) देखे तब तिनले ‘र्‍याप्टर ! रुख !’ भनेर संकेत गर्ने आवाज निकाले ।
तर जब त्यो र्‍याप्टर भुइँमा देखियो तब तिनले आवाज बदले । ‘र्‍याप्टर, ग्राउन्ड’ भन्ने संकेत गर्ने आवाज निकाले ।
त्यसैगरि अर्को पटक बैज्ञानिकहरुले आवाज फेर्छन् कि फेर्दैनन् भनेर क्रितिम बिरालोलाई भुईँमा चोडिदिए पहिले । त्यो बेला बाँदरहरुले ‘क्याट, ग्राउन्ड ! भनेर संकेत दिने आवाज निकाले । तिनले त्यो बिरालो झाडीमा देखेको बेला चाहिँ पहिले त्यो कहाँ छ भनेर संकेत गरे । त्यसपछि ट्री ! क्याट ! भनेर आवाज दिए ।
त्यसो त न्याउरीमुसाहरुलेपनि यसरि जिव देख्दा अनेक खालका संकेत गर्ने आवाज दिन्छन् । फरक ठाउँ, अवस्था र जिवलाई संकेत गर्ने अलग्गै हुन्छन् तिनका भाषापनि । चिचिल्कोटे चराहरुले झन धेरै खालका आवाज र संकेत दिने गर्छन् । खासगरि ‘त्यो के हो ? कहाँ छ ?’ भन्ने आवाज बढि महत्वकासाथ दिन्छन् । बाँदरहरुले दिने यो संकेत र भाषाको आवाज भने बैज्ञानिकहरुले पहिलो पटक पत्ता लगाएका हुन् ।

No comments:

Post a Comment