भारतलाई तनावमा एक्लै छोडेर प्रचण्ड फर्किए

प्रचण्ड चीन गए उनले चीनसँग नेपाल र सम्भवत आफ्नै हितमा कुरा गरे होलान्, त्यही समयमै प्रचण्डको चीनबाट फर्के लगतै भारत भ्रमण जाने कार्यक्रम थियो । प्रचण्ड चीन रहँदा ताका नै चिनियाँ सेनाले भारतको लद्दाखमा छिरेर भारतीय भूमी कब्जा गर्न शुरू गरेको थियो । कम्तिमा भारतीय आँशुलाई साँचो मान्ने हो भने यसलाई अविश्वास गर्ने आधार छैन् । चिनियाँ सेना लद्धाख भित्र छिर्दै भारतीय भूमीमा सिमाबाट २० किलोमिटरसम्म भित्र छिर्यो । भारत रन्थरिएर बसेको थियो । सिमा मिँचिदाको पिडामा भारतका आँसु बग्दै गर्दा छिमेकमा उसको आँशु पुछिदिने कोही भएन् ?
भारतको समस्यामा उसको चिर प्रतिद्धन्दी पाकिस्तानले चासो दिने त सवालै थिएन् । बंगलादेश र श्रीलंका पनि उसका हुने दिन उहिले बिदा भैसकेका थिए । 'फेक कन्ट्री' भुटानले केही बोल्नु र नबोल्नु को के अर्थ ? अब बाँकी रह्यो भारतको एउटै 'मित्र' नेपाल, नेपालका नेता प्रचण्ड। यसै विषम परिस्थितिमा प्रचण्ड भारतको भ्रमणमा निक्लिए । बलात्कारबाट रन्थनिएको र केहि समय यता बलात्कारको पर्याय नै नयाँ दिल्लीले उनलाई चिसो मन राखेर स्वागत गर्यो । आफ्नो दुःख लुकाउन प्रत्येक साँझ भारतले इन्डियन प्रिमियर लिग(आईपिएल) हेर्ने नगरेको होइन् तर दुःखले यति गहिरो छ कि आइपिएलको ३ घण्टे मनोरञ्जनले लुकाउन सक्ने अवस्था छैन् । प्रचण्डले भारतमा सम्भव भएसम्मका सत्तारुढ देखि विपक्षी दलका नेता भेटे, केही उद्योगको भ्रमण गरे ।
No comments:
Post a Comment