चीन रोकिएन, भारतिय भुमिमा चीनले पठायो थप सेना

 १६ वैशाख,एजेन्सी। भारतको कडा विरोधको बाबजुत लद्धाखमा चिनियाँ सेनाले आफ्नो स्थिति थप मजबुत पारेको खबर प्राप्त भएको छ। लद्दाखमा भारतिय सिमा भित्र २० किलोमिटर भन्दा बढि छिरिसकेको चिनियाँ सेनाले भारतिय भुमिमा थप टेन्ट लगाएको छ। करिब दुइ हप्ता भन्दा अघि लद्दाखमा भारतिय जमिनभित्र छिरेको चिनियाँ सेनाले दौलत बेग ओल्डी क्षेत्रमा पाँचौ टेन्ट खडा गरेको हो। यसका साथै चिनियाँ सेनाले मोलोसर जातको कुकुर पनि परिचालन गरेको छ। टेन्टको बाहिर चिनियाँ सेनाले अंग्रेजी 'यु आर इन चाइनिज साइड' लेखेको ब्यानर राखेको छ। चिनियाँ सेना चाइनिज माकारोभ्सबाट सुसज्जित छ र एके सिरिजको राइफल बोकेका बताइएको छ।

चिनियाँ सेना र भारतिय सेना बिच केही दिन यता ३ वटा फ्ल्याग मिटिङ भइसकेका छन्। मिटिङपछी भारतले चिनियाँ सेनाले आफ्नो जमिन छोड्ने अपेक्षा गरेपनि चिनले थप सेना तैनाथ गरेपछि भारतको आतंकित भएको छ। चिनियाँ सेनाले भारतिय जमिन मिचेपछि भारतमा भने विपक्षी दलहरुले सरकारको कडा आलोचना गरेका छन्।


No comments:

Post a Comment