मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

 २ जेठ, काठमाण्डौ । पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको जहाज आज बिहान मुस्ताङस्थित जोमसोम बिमानस्थलमा दुर्घटना भएको छ । स्थानीय समाजसेवी एवं प्रत्यक्षदर्शी चन्द्रमोहन गौचनले एभिन्यूज टेलिभिजनलाई दिएको जानकारी अनुसार बिमान रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको थियो । बिमानमा १८ जना सवार रहेको र एकजना बच्चा रहेको गौचनले जानकारी दिनुभयो । बिमानमा सवार कसैको मृत्यु नभएको र बिमान आगलागी वा बिष्फोटसमेत नभएको गौचनले जानकारी दिनुभयो । बिमानको पखेटा भने भाँचिएको छ । 

No comments:

Post a Comment