उत्तर कोरियाद्धारा पाचौँ पटक क्षेप्यात्र प्रहार, रिसाए अमेरिका र दक्षिण कोरिया

 ७ जेठ, एजेन्सी । उत्तर कोरियाले सी अफ जापानमा आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया, अमेरिका, जापान तथा संयुक्त राष्ट्र संले समेत चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियली द्धिपमा तनावको स्थिति केहि साम्य हुँदै गएको बेला उत्तर कोरियाले केही दिनदेखी गर्न थालेको नियमित क्षेप्यास्त्र परिक्षणले सबैको ध्यान तानेको छ भने दक्षिण कोरिया, जापान र अमेरिका सबै तनावमा रहेका छन् । उत्तर कोरियाको यो गतिविधी सहजै रोकिने छाँटकाँट नदेखेपछी झन् तनावमा परेका हुन् । यता चीनको एक माझी चढेको जहाज समेत कब्जामा लिएर उत्तर कोरियाले चीनलाई समेत तनावमा पारेको छ । आफूलाई सघाइरहेको चीनलाई देखिएरै सहयोग गर्ने दवाव स्वरूप गरिएको भनिएको उक्त जहाज कब्जाले चीन तथा उत्तर कोरियाको सम्बन्धले नयाँ मोड लिन सक्ने समेत सम्भावना देखिएपछि झन् दक्षिण कोरिया र अमेरिका विषेशगरी तनावमा देखिएका छन् ।
 भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस् 
उत्तर कोरियाले गत तीनदेखि निरन्तर रूपमा यस क्षेत्रमा यस्ता क्षेप्यास्त्र प्रहार गरिरहेको दक्षिण कोरियाका संयुक्त सेनाका प्रवक्ताले पुष्टि गरे । उनले यो निर्देशित क्षेप्यास्त्र भएको वा बहुप्रक्षेकबाट रकेट प्रहार भएको छुट्याउन नसकिएको बताए । प्रवक्ताले दक्षिण कोरियाले यस्ता परीक्षणको प्रकृति पत्ता लगाउने प्रयास भइरहेको बताए । 

No comments:

Post a Comment