बाबुरामकी छोरीको पक्का, पासाङका छोराको कच्चा

 ६ जेठ, काठमाडौ । आगामी २३ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसवाट उमेदवारी दिएकी बाबुराम भट्टराइकी छोरी मानुषीले चुनाव जित्ने पक्का जस्तै देखिएको छ । मानुषीको उमेदवारी घोषणासँगै केन्द्रीय क्याम्पसमा चहल पहल बढेको छ । स्ववियु सचिव रहदा देखाएको कार्यकुशलताको आधारमा उच्च शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीले मानुषीलाई रोज्ने पक्का जस्तै भएको छ । दुइवटा बिषयमा गोल्ड मेडल पाएकी मानुषीलाई राजनीतिमा चासो नभएका विद्यार्थीको समेत सहानुभूति र समर्थन छ ।

मानुषीले चुनाव जित्ने पक्का भएपनि माओवादी लडाकूका पूर्व कमाण्डर नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुनको भने चुनाव जित्ने पक्का भइसकेको छैन । अमृत साइन्स क्याम्पसवाट सभापतिमा उम्मेदवारी पाएका पुनले जित्ने संभावना कम रहेको माओवादी स्रोत बताउँछ । यद्यपी नेताको छोरालाई जिताउन माओवादी हाइकमाण्ड खुलेर लागेको छ । आशन्न आम निर्वाचनमा समेत राजनीतिक सन्देश जाने भएका कारण ‘मिनि इलेक्सन’ भनिने स्ववियु निर्वाचन जित्न विद्यार्थी संगठनहरुबीच हानथाप परिरहेको छ । जसरी भएपनि चुनाव जित्ने भन्दै विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना गरिरहेका छन् ।

No comments:

Post a Comment