४ जेठ, एजेन्सी । उत्तर कोरियाले छोटो दूरीको तीन वटा मिसाइल परिक्षण गरेको दक्षिण कोरियाले दावी गरेको छ । यी तिनै वटा मिसाइल उत्तर कोरियाको पूर्वी क्षेत्रको समुन्द्रमा प्रक्षेपण गरिएको दक्षिण कोरियाली समाचार संस्था योनह्यापले जनाएको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार तीन मिसाइल मध्ये दुई मिसाइल शनिबार बिहान परिक्षण गरिएको थियो भने १ मिसाइल शनिबार दिउँसो गरिएको थियो ।
उत्तर कोरियाको मिसाइल परिक्षण कार्यक्रम नियमित भएको बताइएपनि दक्षिण कोरिया र अमेरिकाबीचको चिसिएको सम्बन्धका बीच भएको मिसाइल प्रक्षेपणले सबैमा आशंका उब्जाएको बताइएको छ । उसको नियतबारे केही बुझ्न नसकिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । उत्तर कोरियाले केहि समय अघि पनि मिसाइल प्रक्षेपण गर्ने कार्यलाई स्थगित गरेको थियो ।
No comments:
Post a Comment