साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा

..काठमाडौं– महिला अधिकार बारे कठोर मुस्लिम मुलुक साउदी अरेबियाकी एक महिला बुर्का नलगाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छिन्। २५ वर्षे राहा मोहाराकले शनिबार सर्वोच्च शिखर सगरमाथा चुचुर चुम्दै साउदी अरबबाट सगरमाथा आरोहण गर्ने प्रथम महिला बनेकी हुन्। कतार तथा प्यालेष्टाइनका पुरुषसँगै उनी सगरमाथाको चुचुरो पुगेकी थिइन्। यो समूहले नेपालको शिक्षा योजनाका लागि १० लाख अमेरिकी डलर संकलन गर्दैछ। साउदी अरेबियाको जेदाह मूलथलो भएकी मोराक दुवइमा बसेर काम गर्छिन्। उनी विश्वविद्यालय ग्र्याजुएट हुन्। महिला अधिकारका बारेमा कोठर मुस्लिम समुदायकी मोराकले धेरै बाधाहरु पन्छाउँदै सगरमाथाको चुचुरोमा पुगेकी हुन्। मोराकलाई सगरमाथा चढ्न उनको परिवारले अनुमती दिएको बीबीसीले जनाएको छ। 'उनका लागि हिमाल चढ्नु आफैँमा ठूलो चुनौती थियो', एक्सपेडिसन वेबसाइटलाई उदृत गर्दै भनिएको छ, 'कसले के भन्छ मैले वास्ता गरिनँ', मोराकले भनेकी छिन्- 'र कसैबाट प्रेरित भएको पनि हैन।'

No comments:

Post a Comment