अति भएपछि पतिकै घरअगाडि सातादेखि धर्ना भिडियो खबर


 सप्तरी कञ्चनपुर गाविस-२ की नितु गुप्ता रौनियारले आफ्नै पतिको घरअगाडि एक सातादेखि धर्ना दिइरहेकी छिन् । माग छ- घरमा यातना होइन, सम्मान दिइयोस् । सिन्दुर, रातो चुरा र रातै सारी लगाएर धर्नामा बसिरहेकी नितुलाई रौनियार सेवा समितिले साथ दिएको छ । उनीसँग स्थानीय महिला र पुरुषहरू पनि धर्नामा बसिरहेका छन् । १३ असार ०६८ मा सप्तरीको कञ्चनपुरनिवासी सुमित गुप्ता रौनियारसँग खोजपुर गाविस-७ की नितुको बिहे भएको थियो । झन्डै ३५ लाख खर्चिएर भएको सो बिहेपछि सुमितले पत्नी नितुलाई एक वर्षसम्म राम्ररी राखेका थिए । काठमाडौंमा बस्दै आएकी नितुलाई सुमितले अचानक माइत पठाए । आफूलाई तिरस्कार किन गरियो भन्नेसमेत बुभ\mन नपाएको उनको गुनासो छ । नितु स्नातक अध्ययनरत छिन् । नेपाल टेलिभिजनका प्राविधिक सुमितले श्रीमतीलाई अस्वीकार गरेपछि स्थानीयसमेत नितुको पक्षमा उभिएका हुन् । समाजको समेत सहयोग पाएपछि आफूले न्याय पाउने उनको आत्मविश्वास छ । 

No comments:

Post a Comment