चीनले भन्न मानेन चीनीयाँ सेना फर्काउने दिन

प्रवक्ताले चीन तथा भारतले यस विषयमा पूर्ण तथा उचित समाधानका लागि वार्ता गरिरहेको उल्लेख गरिन् । यस विषयमा हालको चरणमा दुइ मुलुकका सैनिक अधिकारी तथा सीमासम्बन्धी समस्या समाधान गर्न गत वर्षगठन गरिएको दुइ मुलुकबीचको संयन्त्रमा छलफल भइरहेको छ । उनले सीमामा शान्ति कायम गर्नु दुवै मुलुकको हितमा हुने पनि उल्लेख गरिन् । उनले आमसञ्चारले यस विषयमा थप समय दिने तथा संयम अपनाउने आफूले आशा गरेको र यसलाई वार्ताबाट उचित रूपमा समाधान गरिने पनि उल्लेख गरिन् । उनले यस विषयमा सम्बन्धित संयन्त्रमार्फ दुवै पक्षले वार्ता तथा सर्म्पर्क गरिरहेको पनि उल्लेख गरिन् । उनले दुवै मुलुकले एक अर्काको अवस्थाका विषयमा थप जानकारी प्राप्त गरेको र दुवै मुलुक यस विषयका सम्बन्धमा मैत्रीपर्ूण्ा वार्ता तथा समाधान गर्न तथा सीमामा शान्ति स्थापना गर्न इच्छुक तथा सक्षम रहेको बताइन् ।
उनले विद्यमान संयन्त्रले समस्या छिटै समाधान गर्न कार्य गरिरहेको पनि उल्लेख गरिन् । उनले सीमासम्बन्धी विषय ऐतिहासिक विषय भएको र सीमासम्बन्धी विषयले दुइ पक्षीय सम्बन्धमा प्रभाव पार्न नहुने विषयमा दुवै पक्षबीच महत्वपूर्ण मतैक्यता भएको बताइन् ।
No comments:
Post a Comment