कसरी पत्ता लगाउने गोप्य क्यामेरा ?



 महिलाहरुले लुगा फेर्ने ठाउँ, ट्वाइलेट अनि कतिपय गेष्टहाउसहरुमा गोप्य क्यामेरा लगाइएको हुनसक्छ । कसरी थाहा पाउने गोप्य क्यामरा लगाइएको बारे ?
प्रविधिको सदुपयोगले मानिसको जीवन उन्नतीतर्फ लम्केको छ । तर प्रविधिको दुरुपयोग गर्नेहरुको संख्या पनि कम छैन । खासगरी भ्रष्टाचार नियन्त्रणलगायतका सामाजिक र नैतिक अनुशासनको लागि प्रयोगमा ल्याउन सकिने गोप्य क्यामराहरु अचेल विभिन्न स्थानमा महिलाहरुको नांगो भिडियो खिँच्न प्रयोग गरीएको छ । चर्पी तथा पोशाक महलहरुमा महिलाको गोप्य भिडियो खिँच्न यस्ता अति साना क्यामेरा जडान गरीन्छन् र खिचिएको भिडियो बेचिन्छन् । यस्तो गैह्रकानुनी तथा निकृष्ठ गतिविधि रोक्न कानुन त बनेको छ, तर घटना भइसकेपछि कानुनी उपचार खोज्नु भन्दा घटना हुनै नदिन सावधानी अपनाउदा राम्रो हुन्छ । गोप्य क्यामेरा कसरी चिन्ने भन्ने एउटा टिप्स छ ः
पहिले त यस्ता चेन्ज रुमहरुमा लुगा फेर्दैनफेर्नुस् । फेर्नैपरे एउटा उपाय छ ।


चेन्ज रुम, चर्पीमा जानु अघि मोबाइलबाट कसैलाई मिसकल गर्नुहोस् । फोन लागिरहेको छ भने अब भित्र पसेर फेरी डायल गर्नुहोस् । फोन लाग्दैन भने तपाइ सचेत हुनुपर्छ, भित्र गोप्य क्यामेरा लगाइएको हुनसक्छ । यस्ता क्यामेरामा प्रयोग गरिएको अप्टिकल फाइबरले मोबाइल तरंगमा अवरोध उत्पन्न गर्छ । यसरी तपाइ समान्यतयाः गोप्य क्यामेरा भए नभएको थाहा पाउन सक्नुहुन्छ ।

No comments:

Post a Comment