हेलिकप्टर नै उडाएर केटीलाई आई लव यु भनेपछी..


 प्रेम तथा विवाहका लागी गरिने प्रस्तावलाई आजकल जीवनभर खुसी दिलाउने क्षणका रूपमा लिने गरिन्छ । विवाह तथा प्रेम पस्ताव गर्दा फरक तरिकाहरू अपनाएर आफ्नो उक्त क्षणलाई स्मरणयोग्य बनाउने गर्छन् । प्रेमी या प्रेमीकालाई फरक तरिकाले प्रेम तथा विोवाह प्रस्ताव राखेर उनीहरुलाई चकित बनाउने र उनीहरूबाट हुँदैन भन्न सक्ने सम्भावनालाई पर हटाउनका लागि पनि फरक-फरक तरिका अपनाउने गरिन्छ । 

यस्तै, एक प्रेमीले पनि आफ्नी प्रेमीकालाई निकै आश्चर्यचकित पार्दै विवाहको प्रस्ताव राखेका छन् । सायद उनले राखेको विवाहको प्रस्ताव अरूभन्दा भिन्न थियो अर्थात् उनले जस्तो गरि विवाहको प्रस्ताव अहिलेसम्म कसैले राखेका थिएनन् । प्रेमी ज्यासन मस्कटले आफ्नी प्रेमीका क्रिस्टिना ड्यामसामू रोबोट हेलिकप्टरको प्रयोग गरेर प्रेम प्रस्ताव राखेका छन् । उनले एक रोबोट हेलिकप्टरमा आफूले लगाइदिन लागेको औठी राखेर निकै टाढाबाट आएको जस्तो अवस्थाम देखाएर उनले उक्त हेलिकप्टरलाई प्रेमीका क्रिस्टिना सामू झारे र त्यहाँ रहेको औठी झिकेर विवाहको प्रस्ताव राखे । यता गर्भवती क्रिस्टिनाले पनि उक्त प्रस्तावलाई सहजै स्विकार गरिन् । ज्यासनले उक्त क्षणमा प्रेमीका क्रिस्टिनाका अनुहारमा देखिएका सम्पूर्ण हाउभाउलाई क्यामरामार्फत भिडियोमा उतारेका थिए । 

No comments:

Post a Comment