
चीनले सेना फर्काउन नमानेपछि भारत र चीनबिच 'लेनदेन' भएको व्यापक आशंका गरिएको छ। स्रोतका अनुसार भारत चुमार पोष्टबाट हट्न मानेपछी मात्र चीनले सेना फर्काएको थियो। चुमार पोस्ट भारतको क्षेत्र रहँदै आएको थियो। जम्मु कश्मिरका मुख्यमन्त्री उमर अबदुल्लाले पनि यसका बारेमा भारत सरकारसंग सफाइ मागेका छन्। भारतिय सेना भने चुमार पोष्टबाट भारतिय सैनिक पछि हेटेको कुरालाइ इन्कार गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले सिमा विवादका विषयमा सकारात्मक हल निकालेको बताएका छन। उनले आउँदा दिनहरुमा पनि यस्ता विवादको शान्तिपुर्ण र सर्वमान्य हल निकाल्न तयार रहेको भन्दै चपाइएको भाषा बोलेपछी भारतले चीनसंग केही न केही सम्झौता गरेको आशंकाकाई थप बल मिलेको हो । उनले सहमतिको विस्तृत विवरण दिन भने मानेनन् ।
No comments:
Post a Comment