उत्तर कोरियाले न्युक्लियर आक्रमण गर्ने भयले अमेरिका त्रसित

 २० बैशाख, एजेन्सी । अमेरिकाले उत्तर कोरियाले अमेरिकामा न्युक्लिएर आक्रमण गर्न सक्ने सम्भावना बढ्दै गएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दिएको रिपोर्ट अनुसार उत्तर कोरियाले अहिलेको तयारीमा लागिरहने हो भने छिट्टै उसले अमेरिकामा आक्रमण गर्न सक्ने छ । अहिले कै गतिमा मिसाइल परिक्षण गर्दै गए उत्तर कोरिया अमेरिकामा मिसाइल आक्रमणका लागी केही समयमा नै तयार हुने भन्दै अमेरिकी कांमग्रेससामू पेन्टागनले चेतावनीको रिपोर्ट प्रस्तुत गरेको छ । उक्त रिपोर्टमा उत्तर कोरियाले अहिलेको गतिमा मिसाइल परिक्षण तथा निर्माणको कार्यलाई नियमित गरे उत्तर कोरिया विश्वको परमाणु 'पावर हाउस' बन्ने र विश्वलाई त्रासमा राख्ने सम्भावना रहेको बताइएको छ। 

 नयाँ नेतृत्वका बारेमा केही जानकारी पनि राख्न नसकिएका कारण उत्तर कोरियाले कुन बेला के गर्नेछ भन्ने विषय समेत आकलन गर्न नसकिने रिपोर्टमा बताइएको छ । पेन्टागनको यो रिपोर्टले अमेरिका उत्तर कोरियाको यही गतिले ऊ विश्वको 'पावर हाउस' बन्ने सम्भावना रहेको भन्दै निकै त्रस्त भइरहेको छ । उत्तर कोरियालाई चारैतिरबाट नाकाबन्दि गरेर अमेरिकाले निहुँ खोज्दै आएका कारण केही समयदेखी उत्तर कोरियाले पनि निहुँ नै खोजिरहेको छ भने उसले बेला-बेलामा आक्रमणको धम्की समेत दिने गरेकाले पनि अमेरिकाको तनाव झन् बढ्दै गएको छ । 

No comments:

Post a Comment