पुरिएको १७ दिनपछि महिलाको जीवितै उद्धार (भिडियो सहित)


 ढाका- बंगलादेशमा गार्मेन्ट उद्योग रहेको एउटा भवन भत्किएर पुरिएको १७ दिनपछि एक महिलाको जीवितै उद्धार गरिएको छ। रेश्मा नामकी ती महिलालाई उद्धारकर्मीले जीवितै बाहिर निकाल्दा उनी मुस्कुराइरहेकी थिइन्। १७ दिनअघि भत्किएको यो भवनमा विगत केही दिनदेखि उद्धारकर्मीहरुले लाशमात्र निकालिरहेका थिए। लाश गन्ने क्रम जारी थियो। अहिलेसम्म लाशको संख्या एक हजार नाघिसकेको छ। यो संख्या अझै बढ्ने शंका गरिएको छ। घटनामा थप २५ सय घाइते भएका छन्। भग्नावशेषबाट हात हल्लाइरहेको देखिएपछि क्रेन र बुल्डोजर चलाउन रोकेर करौँतीले काटेर भग्नावशेषबाट उनलाई निकालिएको थियो। त्यसअघि उनलाई खाना र पानी दिइएको थियो। भवनको प्रार्थना कक्षमा थुनिएकी उनलाई खासै ठूलो चोटपटक नलागेको बताइएको छ। हेर्नुस भिडियो
 भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस् 

 

No comments:

Post a Comment