पासपोर्ट र बच्चानै अबैधानिक भन्दै घूसखान एयरपोर्टमा तिन घण्टा कब्जामा..

● सन्तोष न्यौपाने / बेल्जियम
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमाधम कर्मचारिहरु भ्रस्टचारको अभियोगमा पक्राउ गरिरहेको छ । धेरै कर्मचारि अध्यागमन विभागका पनि छन । अध्यागमनकै अधिकासं कर्मचारिहरु पक्राउ परेपछि अहिले उनीहरुले बदला स्वरुप अन्य नेपालीहरुलाई सास्ति दिइरहेका छन । यस्तो सास्ति पाउनेहरुमा खाडि मुलुकमा काम गरेर फर्कने मात्रै होइन । सम्पन्न मानिने युरोपियन मुलुकका नेपालीहरुपनि छन । यहाँबाट जाँदा एयरपोर्टबाट निस्कने बेला र उताबाट बेल्जियम फर्कने बेला नराम्रो संग दुख बेहोरेका छन् केहि नेपालीले । कर्मचारिहरुले आफुसंगै गएका बच्चाहरुको पासपोर्टलाई अवैधानिक भनेर बच्चाहरुलाई पनि सोहि दर्जामा राखे । एयरपोर्ट बाहिर कतिखेर आफ्ना मान्छे आउलान भनेर कुर्नेहरु मात्र नभई स्वयम पिडितहरुले ३ घण्टासम्म भित्रै नानथरि मानसिक तनाव झेल्नुपरयो । थप कुराहरु पिडितकै बोलीमा …… 
मेरो नाम मिका राई हो । म बेल्जियमको ब्रुज शहरमा बस्छु । नेपाल जान नेपाली दुतावास ब्रसेल्सबाट अस्थायि पासपोर्ट म, मेरा छोराहरु रोशन घिमिरे र रोहन घिमिरेको बनाएको थिएँ । एम आर पिको लागि अलि लामो समय लाग्ने हुँदा अस्थायी पासपोर्ट लिएँ । अनि फर्केर आएपछि एम आर पीको लागि निबेदन दिने सोच बनाएँ । हामि तिन हप्ताको विदामा नेपाल जुलाई २९ तारिखका दिन काठमाडौं पुग्यौ । हामिलाई कुरेर आफन्तहरु बाहिर बसिरहनुभएको थियो । बाहिर निस्कने बेला अध्यागमनमा पासपोर्टमा छाप हान्ने बेला भएको थियो । सोहि क्रममा मेरो बच्चाहरुको पासपोर्ट सुरुमा नक्कलि भनेर आरोप लगाए । अनि त्यहि विषयमा हामिलाई तिन घण्टासम्म भित्रै राखे । पछि बुझ्दा त्यहाँ घुस खान खोजेको भन्ने प्रस्टै भयो ।
तर पासपोर्ट राखेर हामिलाई बल्ल बल्ल ३ घण्टापछि बाहिर निस्कन दिइयो र पछि पासपोर्ट लिन आउनको लागि कालिकास्थान बोलाइयो । तर पासपोर्ट ब्रसेल्सस्थित नेपाली दुतावासबाट बनाएको हुँदा उनिहरुले तत्काल सोधपुछ गर्न सक्ने प्रशस्त समय पनि थियो । तर ति कर्मचारिले त्यसो गरेनन । बरु उल्टै केरकारको लागि भनेर पासपोटनै जफत गरिदिए । अहिले ५ जना कर्मचारि जो रंगेहात पक्राउ परे तिनै मध्यका हुन हामिलार्इं सास्ति दिएर घुस खाने मध्यका । तर त्यो ३ घण्टाले मेरो समय वर्वाद त भयो भयो मलाई र बच्चाहरुको थप मानसिक तनावमा पारयो । उता मेरो श्रीमान आत्तिरहनुभएको थियो । यता मलाई कुरेर बस्ने मेरा आफन्तहरु पनि आत्तिए । त्यसमा बच्चाहरुको पासपोर्टनै जफत गरिदिँदा बिदामा आउनु र नआउनु एउटै अनुभव गरे ।
proof-nepali-imigration-airport
पासपोर्ट लिनकोलागि अध्यागमन विभाग कालिकास्थान आउनु भनेर कर्मचारिहरुले भने । तर भनेको समयमा पमसपोर्टनै मिलेन । मेरो श्रीमानले बेल्जियमदेखि अध्यागमन विभाग कालिकास्थानमा बारम्बार सम्पर्क गर्नुभयो । तर तिनै कर्मचारिले आफ्नो वास्तविक परिचयनै लुकाए । एक जना हरि नारायण श्र्रेण्ठ बताउने कर्मचारिले छोराहरुको पासपोर्ट बुझ्नकोलागि लागि ब्रसेल्सस्थित नेपाली दुतावासनै फिर्ता पठाउँछौंसम्म भने । तर कर्मचारिले पासपोर्ट लिएको १२ दिनपछि मात्रै बुझ्नकोलागि ब्रसेल्स पठाएछन । उता श्रीमान राजन घिमिरेले पनि बारम्बार दुतावास ब्रसेल्समा सम्पर्क गरिरहनुभएको थियो । साह्रै दुख दिए कर्मचारिहरुले ।
अस्ति मैले साझा सवाल हेरेको थिएँ । त्यसमा प्रधानमन्त्रीका निजि सचिव बास्तोकोटा थरका ब्यत्तिले जसले दुख पायो दुख दिइयो उत्त ब्यत्तिले क्ष्ँतिपुर्ति पाउने भनेको सुनेको थिएँ । तर मैले उल्टो ३ सय ५५ तिरेर पासपोर्ट लिनुपरयो । त्यो रकम संगै मेरो समयको बर्बादि भयो । उल्टो मानसिक तनाव मैले भोग्नुपरयो । शुरुमा कालिकास्थान जान भनियो । गएँ । तर त्यहाँका कर्मचारिले यहाँ छैन त्रिपुरेश्वर जानुस् भन्दै उर्दी लगाए । फेरि अर्कोदिन त्रिपुरेश्वर लागे । त्यहाँ पनि बच्चाहरुको पासपोर्ट रहेनछ । फेरि त्यहाँका कर्मचारिहरुले राजदरवार भवनमा रहेको राहदानि शाखामा जान भने । त्यसपछि बल्ल मैले पासपोर्ट पाएँ । त्यो पनि रकम तिरेर आफनै खोसिएको पासपोर्ट लिनुपरयो । त्यो पनि हामि बेल्जियम फर्कने समय भन्दा तिन दिन अगाडि २० अगस्टको दिनमा हात पार्‍यौं । उता ब्रसेल्स दुतावासबाट भने काम छिटोनै भयो । जति दुख पाउनेहो हामिले आफनै देशमा पायौं ।
यो त गएदेखिका दिनदेखि यता नआउदा सम्माका विलौना भए । फेरि बेल्जियम फर्कने बेलामा थप सास्ति भोग्नुपरयो । एयरपोर्टका कर्मचारिहरुले जाँदा पासपोर्ट गैह्र कानुनी र फर्किँदा आउँदा बच्चालाई इलिगल गराइदिए । म एकातिर भएँ । बच्चाहरु एकातिर भएँ । हामिले त्यतिखेरसम्म लगेज दिएर पनि बोर्डिग पास लिइसकेका थियौं । बच्चाहरु अर्कोतिर लगेको कारण म झन मानसिक तनावमा परें । आखिर उनिहरुले घुस खानकै लागि मलाइ र बच्चाहरुलाई अलग अलग बनाएका रहेछन । पछि एकजना चिनेको भाइको कारण बल्ल सबै कुराहरुबाट मुक्ति मिल्यो । तर त्यो मुक्तिनै मेरो लागि अन्तिम मुक्ति जस्तो अनुभव गरे ।
मैले बच्च्चाहरुको सबै विवरण जन्मदर्ता नाता प्रमाणित लगायत चाहिने जति सबै कागजपत्र लगेको थिएँ । ति कर्मचारिहरुलाई देखाएको पनि थिएँ । तर ति कागजपत्र नेपाल देशका भ्रस्टचारि कर्मचारिको लागि कुनै तुकनै भएन ।
आज हाम्रो देहशको कर्मचारितन्त्रको अवस्था देखेर दुख लागेको छ । धरै वर्षपछि स्वदेश फर्कँदापनि बिना कारण सास्ति खेप्नु पर्‍यो । आफ्नै सन्तानलाई अवैधानिक भनिदिँदा अनि मलाई र छोराहरुलाई अलग अलग बनाइदिँदा मेरो मन निकै रोएको थियो । त्यो अवस्थामा यदि मिल्ने हुन्थ्यो भने कर्मचारिहरुलाई मुखमै थुक्ने वा एक झप्पड हानेर फर्किउँ झै भएको थियो । २१ दिने बसाईसंगै मेरो दिनचर्या पासपोर्टको तनावले बित्यो । अनि फर्कने बेलामा थप सास्ति । यि सबै सम्झँदा मन फेरि स्वदेश फर्कने छैन भन्ने भएको छ । के एयरपोर्टका कर्मचारिहरु सबै उस्तै हुन्छन ? किन भ्रस्टचार नगरि खान पुग्दैन उनिहरुलाई ? यो मेरो समस्या मात्रै होइन । आम नेपालिहरुको समस्या हो । बरु खाडि मुलुकमा जानेहरुको दुख पिडा कति खेप्दा हुन आफ्नै देशका कर्मचारिबाट । त्यो सोच्दा मन झन चसक्क भएको छ ।

No comments:

Post a Comment