यु. के. NRN मा करोडौ हिनामिना...

● बिमल क्षेत्री / रिडिङ, बेलायत



बेलायत एनआरएनको सदस्यता बनाइदिने भन्दै ७,५०० जनाको ब्यक्गित बिवरण र नगद लिएर हिँडेका एनआरएन आइसीसी सदस्य राजन कंडेल र महेन्द्र कँडेललाई अहिले बेलायतबासी नेपाली समुदायले खोजिरहेका छन । उनीहरुले ७,५०० जना को सदस्यता शुल्कबाट उठेको ७५ हजार पाउण्ड (अहिलेको नेपाली बिनिमय दर अनुसार १ करोड १६ लाख ) कहाँ छ भनेर जनताले खोज्ने भएका छन । उनीहरुले सदस्यता फारम त देखाउदै हिडेका छन । तर नगद हो वा वा के हो त्यो भने देखाउन सकेका छैनन् । उनीहरुले सदस्यता फारम नै एनआरएनलाई नबुझाएर पैसा हातमा पार्ने दाउमा छन की भन्ने आसंका गरिएको छ ।
बेलायतको कानुन अनुसार कसैको ब्यक्तिगत विवरण लिएर हिँड्नु वा सार्वजानिक गर्नु गैरकानुनी हो । ब्यक्तिगत बिवरणको दुरुपयोग गर्नेलाई ५ लेखि ७ बर्ष सम्म जेल हुने कानुनी प्रावधान छ ।  
गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन प्रकृयालाई कार्यसमितिकै उपाध्यक्ष महेन्द्र कंडेल र राजन कंडेलले धज्जी उडाउने प्रयास गरेपछि उनीहरुलाई अनुसाशनको कार्यावाही गर्नु पर्ने आवाज उठेको छ । गत शनिवार ७,५०० जना सदस्यता गाडीमा राखेर रेडिङ्ग स्थित निर्वाचनको कार्यालयमा पुगेका कंडेल भाईहरुले एनआरएन बेलायतको गरिमा धमिल्याउने प्रयास गरेका छन् । निर्वाचन समितिले तोकेको समय २ बजे सम्म थियो । कंडेल समुह १२ बजे नै रेडिङ्ग पुगेको थियो । त्यँहा पुग्दा अर्का प्रत्यासी योगन क्षेत्रीको पक्षमा चुनावी महोल देखेर उनीहरुको ओठ तालु सुकेको थिए । चुनाव हार्ने पक्का भए पछि अब कसरी उम्कने भन्ने दाउमा रहेका राजन कंडेल निर्वाचन कार्यालयमा भित्र छिरेर अर्का प्रत्यासी क्षेत्रीले दर्ता गरेका सदस्यताको चाङ्ग देखे पछि निर्वाचन समितिका सदस्य डमर घलेसंग जुहारी खेलेका थिए ।
संस्थाका महासचिवका हैसियतले निर्वाचन समितिलाई सहयोग पुराउन बसेका रामशरण सिमखडालाई समेत चुनाव हार्ने भएपछि अपमान गर्ने प्रयास गरेका थिए । २ बजे सम्म समय दिएकोमा कंडेल ब्रर्दशहरुले १०,१० मिनेट मा भित्र गएर क्षेत्रीले दर्ता गरेका फारम गन्ने गरेको बुझिएको छ । १.४५ बजे सम्म उनीहरुले चुनाव हार्ने आँकलन गरेपछि निर्वाचन समितिका सदस्य थप्नु पर्ने भन्दै कराउन थालेका थिए । स्मरणीय रहोस निर्वाचन समितिका अधिकांस सदस्यहरु कंडेलकै प्रस्तावमा चयन भएका थिए । उनीहरुले आफ्ना पक्षका २ जना ब्यक्तिलाई थपप्न माग गर्दै आएका थिए । उम्मेदवारले आफैले तोकेका निर्वाचन आयुक्त राखेर चुनावको माग गर्नुलाई बेलायत स्थित बुद्धिजीबीले हास्यपद भनेका छन । कही नभएको जात्रा हाडी गांउमा भने जस्तै उम्मेदाबार आफैले निर्वाचन आयुक्त तोक्ने यो कस्तो चुनावको माग हुदैछ एक बुद्धिजीबीले प्रश्न गरेका छन ।
कंडेलहरुले ७,५०० सदस्यता भएको दावी गरे पनि उनीसंग ३५०० सदस्य फारम लिएर रेडिङ्ग गएको उनका निकट ब्यक्तिले बताउँछन । बाँकी अर्का अध्यक्षमा उम्मेदवार हुने भनिएका सुर्य नेम्वाङले लगेका थिए । नेम्वाङ समूहले फारम लिएर गएपनि सदस्यता शुल्क भने लिएर गएको थिएनन । उनीहरुको सदस्यताको पैसा करिब २० हजार पाउण्ड कंडेलले हाल्नु पर्ने, उपाध्यक्ष, महासचिव र ३ जना आइसीसी सदस्य पाउनु पर्ने माग नेम्वाङ समुहले गरेपछि कंडेलहरु छाँगाबाट खसे जस्तो भएर निर्वाचन बहिष्कार गर्ने सोचमा पुगेका थिए । चुनाव हारिने र करिब ७० हजार पाउण्ड डुब्ने पक्का भएपछि निर्वाचन प्रकृयाबाट कंडेल बाहिरीका थिए । म आफै सदस्यता बुझाइ दिन्छु भोट दिनु होला भन्दै सर्वसाधारणबाट उठाएका फारम र पैसा निर्वाचन समितलाई नबुझाए गाडीमा राखेर फोटो देखाउदै कंडेल हिडे पछि बेलायतबासी नेपाली अक्रोसित छन । सर्वसाधारणबाट सदस्यताबाट उठेको लाखौं रुपैया समेत कुम्ल्याउन कंडेल समूह लगेको आशंका गरिएको छ ।

No comments:

Post a Comment