एन आर एन ए जर्मनीका अध्यक्ष हरेन्द्र बेनम संग सवालको जबाफ


वर्ष (२०१३-२०१५)को लागि एनआरएनए जर्मनीको नेतृत्व कर्ताको रुपमा परिचित हरेन्द्र वनेम संग छोटो कुराकानीको अंश
१ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनी ले तपाइको नेत्रित्वो मा एन आर एन जर्मनीको नया कार्य समिति चयन गरेको छ, संसार भर सहमतिको अभाब भयका बेला जर्मनमा कसरि सम्भब भयो सहमति ?
,निश्चय पनि सहमति त्यति सजिलो थिएन l जटिल हुदाहुदै पनि एनआरएनए का अग्रजहरु क्रमश एनआरएनए आइसिसी संरक्षक राम प्रताप थापा ,आइसिसी सल्लाहकार दिल बहादुर गुरुङ,युरोपियन क्षेत्रीय संयोजक कुमार पन्त ,आइसिसी सदस्य जर्मनी सन्तोष भट्टराई ,निवर्तमान अध्यक्ष पुष्प थापा ,विभिन्न संघ संस्थाको प्रतिनिधिहरु ,सम्पूर्ण उम्मेदवार मित्रहरु तथा जर्मन वासी दाजुभाइ तथा दिदीबहिनीहरुको सुझबुझका कारणनै सहमतिको वातावरण तयार भएको हो भन्ने मेरो ठम्याइ छ ,बुझाई छ l
२ -के गर्ने योजना बनाउनु भयको छ जर्मनीमा रहेका नेपाली का ?जर्मन मा रहेका नेपाली का लागि के कस्ता समस्या देख्नु भयको छ ?
- समस्याहरु धेरै छन् l जस्तै विध्यार्थीहरुको समस्या ,शरणार्थी समस्या ,पासपोर्ट तथा भिसा सम्बन्धी समस्या आदिइत्यादि l नेपाली दुताबास तथा जर्मनी भित्र रहेका विभिन्न संघसंस्थाहरु संग सहकार्य गर्दै नेपाली भाषा ,कला र संस्कृतिलाई जोगाउन नेपालीत्व झल्किने खालका कार्यक्रमहरु जर्मनीको विभिन्न ठाउँहरुमा आयोजना गर्दै बिदेशीहरुलाई नेपाल जान प्रेरित गरी नेपालको पर्यटन विकाशमा योगदान दिन पहल गर्ने छौ l त्यस्तै जर्मनीमा उच्च शिक्षा हासिल गरी विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरु बिच एनआरएनए जर्मनीले समन्वय गरी स्वयम् सेवकहरुलाई नेपालमा पठाई प्राबिधिक तथा दक्ष जनशक्ति उत्पादन गर्नमा मदत गर्ने छौ l
३ एन आर एन प्रति आज भोलि आम प्रबाशी नेपालीको बितृष्णा भे टि न्छ के कसरि हेर्नु भयको छ ?
एनआरएनए प्रति बितृष्णा बढिरहेको भन्ने बारेमा मेरो छुट्टै बुझाई छ l यदि बितृष्णा जागेको भए ६५ देशमा एनसिसी गठन गर्नु सम्भव हुदैन थियो l कुनै समयमा एनआरएनएमा आउनुहोस भनेर हात जोड्नुपर्ने स्थिति थियो l हाल एनआरएनएको नेतृत्व गर्न तछाडमछाड गर्दै साथीहरु अगाडी आउनु भएको अवस्था छ l त्यसैले एनआरएनए प्रति बितृष्णा हैन बरु अझै चासो बढिरहेको मैले महसुस गरेको छु l
४ प्रबाश मा खास गरि आजभोली ब्राह्मण ,क्षेत्री ,जनजाती बिचमा देखियको धुर्बिकरंन लाइ कसरि हेर्नु भयको छ ?
हाल प्रबाशमा जुन जातीयता संघियताको कुरा उठिरहेको छ l यो एउटा साह्रै जटिल समस्याको रुपमा उभिएको छ l “नेपालीका लागि नेपाली “,एकपटकको नेपाली सधैको नेपाली “भन्ने एनआरएनएको मूल नारालाई आत्मसाथ गर्दै एनआरएनए जर्मनीले जर्मनी भित्र बस्नु हुने ,रहनुहुने बुद्धिजिबीहरु ,विभिन्न जातजातिका प्रतिनिधिहरु तथा विभिन्न संघ संस्थाहरु बिच छलफल तथा अन्तरक्रिया गरी समस्यालाई निराकरण गर्न पहल गर्नेछु l
५ एन आर एन लागि पर्दा त व्यक्तिगत धन सम्पति नि गुमाउनु परछ भन्ने छ ,कसरि ताल मेल मिलाउनु हुन्छ ?
तपाई हामीलाई थाहा भएकै कुरो हो,सामाजिक क्षेत्रमा काम गर्दा तन, मनको साथ साथै केहि मात्रामा धनको पनि महत्वपूर्ण भूमिका रहन्छ l एनआरएनए जर्मनी पनि एउटा सामाजिक संस्था हो, जसलाई संचालन गर्न एउटा व्यक्तिले मात्र सक्दैन,एउटा टिमको आवश्यकता पर्दछ l त्यसैले हामीसबै एकजुट भएर एनआरएनए जर्मनीलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गरियो भने कुनै पनि व्यक्तिले सम्पति गुमाउनु पर्छ जस्तो मलाई लाग्दैन l
अन्त्यमा एनआरएनए जर्मनीको बारेमा आफ्नो भनाई राख्ने मौका दिनु भएकोमा सम्पादक तथा सम्पूर्ण युनिटलाई हार्दिक धन्यवाद दिन चाहान्छु l

No comments:

Post a Comment