कसरी मेटाउछन् प्रवासी नेपालीहरुले आफ्नो यौन तृष्णा ?




हामीले विदेश गएका श्रीमानका श्रीमतीहरु अर्कैसँग मोजमस्ती गरेको, सम्पति लिएर अर्कैसँग भागेको, 
बच्चाबच्चीलाई बिचल्ली बनाएर शारिरिक तृष्णा मेटाउन परपुरुषसँग भागेको यौन सन्तुष्टिका लागि अनेक पुरुषहरूलाई प्रयोग गरेको घटना सधैजसो समाचारहरूमा पढ्ने सुन्ने गरेका छौं । तर, कामका सिलसिलामा विदेशमा रहेका पुरुषहरू चाही लामो समयसम्म विदेशमा बस्दा यौन तृष्णा कसरी मेटाउँछन् त ?

लामो समय साउदी अरबमा बसेर फर्किएका झापाका सागर खरेल (नाम परिवर्तन) का अनुसार साउदीमा बस्ने युवाहरुले सेक्सको बारेमा अलि गम्भिर हुनुपर्ने बताउँछन् । किन कि त्यहाँको कानुन निकै कठोर छ । साउदीको कानुन अनुसार सेक्स तथा बलात्कारको घटना पुष्टि भए फिलिपिन्स बाहेक अन्य देशको नागरिकलाई मृत्युदण्ड सम्मको सजायँ हुन सक्छ । त्यसैले सामान्य रुपमा साउदीमा रहेका पुरुषहरुले आफ्नो शारिरिक तृष्णा मेटाउन निकै कठिन हुन्छ । त्यसैले यौन तृष्णा मेटाउन नेपालीहरूले विभिन्न तरिका अपनाउछन् ।

साउदीमा रहेका धेरैले त सेक्सको तृष्णा मेटाउन हस्तमैथुन र फोन सेक्सलाई नै रोज्ने गरेको सागर बताउँछन्  । कतिले त भेडा, गधा र उँट जस्ता जनावरहरुसँग पनि सेक्स गरेको उनले थाहा पाएको बताउँछन् ।  कतिपयले काँक्रोलाई बालुवामा गाडेर नरम बनाएर त्यसलाई सेक्स उपकरणको रुपमा समेत प्रयोग गरी आफ्नो शारिरिक तृष्णा मेटाउछन् रे ।

साउदीबाट फर्कनेहरुको अनुभवमा नेपाली कामदारहरुले  गोप्य रुपमा महिलासँग पनि यौन सम्बन्ध राख्ने गरेका हुन्छन् । त्यहाँ भएका फिलिपिन्स केटीहरु र अन्य देशका केटीहरुसँग गोप्य रुपमा २ सय रियालसम्म रकम खर्चेर पनि सेक्सको तृष्णा मेटाउन पाइन्छ  ।

मलेसिया सेक्सको लागि खुल्ला ठाउँ हो । त्यहाँ शहरका धेरै स्थानमा सरकारले नै रेडलाईट एरिया तोकिदिएको छ । मलेसियामा तीन वर्ष बसेर आएका भोजपुरका सन्तोष लिम्बु (नाम परिवर्तन) का अनुसार कामका लागि मलेसियामा रहेका लागभग ७५ प्रतिशत पुरुषहरु त अस्थाई विवाह गर्दछन् वा मासिक रुपमा पैसा तिरेर आफ्नो लागि दैनिक साप्ताहिक यौन साथी बनाएका हुन्छन् । त्यस्ता महिलाहरु ईन्डोनेसिया, भियतनाम, चाईनीज, माल्यु(स्थानीय) र नेपाली समेत हुन्छन् ।

मलेसियामा धेरैजसो नेपाली पुरुषहरुले रेडलाईट एरियामा गएर ३० देखि ४० रिङ्गेटसम्म खर्च गरेर यौन सन्तुष्टि लिन्छ भने अस्थाई विवाह गरेजस्तै गरि मासिक रुपमा रकम भुक्तानी गर्नेहरुले भने ४ सय रिगेटदेखि ६ सय रिगेटसम्म खर्च गर्छ ।

मलेसियामा त यौनकर्मीहरु ग्राहक खोज्न कोठा कोठामा सम्म नै आउँदछन् । त्यसैले पुरुषहरू कोठाको ढोकामा महिलाको जुत्ता चप्पल राखेर सुत्नु पर्ने बाध्यता हुन्छ । यौनकर्मीहरू सधैजसो ग्राहक खोज्न कोठैमा आउने गरे पनि तलब बुझेको दिनमा दिनमा चाही अलि जबर्जस्ति गर्ने गर्दछन् ।

त्यस्तै सेक्सको लागि दुवई, कतार पनि अलि खुल्ला हुने कुरा त्यहाँ काम गरेर फर्किएकाहरुको अनुभव छ । दुवई र कतारमा फिलिपिन्स, भियतनामीहरू अन्य कामसँग यौन व्यवसायी गर्ने महिला छन् । उनीहरुसँग नेपाली पुरुषहरु पैसा तिरेर यौन तृष्णा मेटाउछन् ।

खाडी मुलुकसँगै बेलायत, अमेरिका, जापान, कोरिया र अष्ट्रेलिया लगायत अन्य मुलुकहरुमा पुग्नेहरुको पनि आ–आफ्नै समस्या छन् यौनको सम्बन्धमा । यी देशहरुमा पनि यौनको बिषयमा घट्ने घटनाहरुमा नेपालीहरू पनि जकडिएका हुन्छन् ।

जापानमा रहेका गोरखाका प्रकाश देवकोटा (नाम परिवर्तन) को अनुसार जापानमा यौन तृष्णा मेट्नको लागि लभ होटल हुन्छ र ती होटेलहरूमा गएर आफुले छाने अनुसारको केटा वा केटीसँग बसेर रोमान्स गर्न पाईन्छ । त्यसको लागि प्रति घण्टा ५ देखि १० हजार नेपाली रुपैया खर्च गर्नुपर्ने हुन्छ । त्यत्ति मात्र होईन जापानमा यौन तृष्णा मेटाउन अथवा आफ्नो खर्च धान्नको लागि पनि विद्यार्थी भिसामा जापान पुगेका नेपाली केटा केटीहरू चिनजानका केटाहरूसँग यौन सम्बन्ध राख्ने गर्दछन् । यौन तृष्णा मेटाउन जापानको रेल स्टेशन यौन धन्दाको लागि मोलतोल गर्ने मुख्य ठाउँ हो ।  रातको १० बजेपछि रेल स्टेशनमा खुल्ला रुपमा बटुवाहरुसँग मोलतोल हुन्छ जहाँ नेपालीहरू पनि भेटिन्छन् ।

जापानमा केही वर्ष बसेर फर्केकाहरुको अनुभव अनुसार जापानमा अन्य देशका केटा केटीहरुलाई अलि गाह्रो नै हुन्छ । आफ्ना कोही चिने जानेको मानिस जापानमा छैन भने केटा केटीहरुलाई जापान नपठाएकै बेश हुने उनिहरुको भनाई छ । जापानमा नयाँ र सोझा केटा केटीहरुलाई जागीर देखि भिसा परिवर्तन गराईदिने लगायतका विभिन्न प्रलोभनमा परी यौन शोषण गर्ने गिरोहहरुको विगविगी नै छ । केटा केटीहरु जापानमा नजानेरै फस्न सक्ने उनीहरुको भनाई छ ।

त्यस्तै जापानमा भएका विभिन्न रात्री बारहरुमा पनि आफ्नो यौन तृष्णा मेटाउन नेपालीहरु जाने गरेका छन् । जापानमा यौनलाई खुल्ला रुपमै छोडिएको कारण विभिन्न स्थानमा गएर नेपालीहरुले आफ्नो यौन चाहना त पुरा गर्दछन तर त्यस संगै उनीहरु यौनकर्मीहरुबाट नै पटक पटक लुटिएका हुन्छन् । अझ जापानमा त धेरै नेपालीहरुले यौन दुर्व्यवहारकै कारण कारवास सम्मको सजाय भोगीरहेको उनीहरुको भनाई छ । यस्ता घटनाहरु धेरै नै घट्ने भए पनि आफ्नो परिवार र आफन्तहरुले थाहा पाउने भएकै कारण प्राय बाहिर आउँदैनन् ।

त्यस्तै बेलायत, अमेरिका, कोरिया र अष्ट्रेलिया लगायत अन्य देशहरुमा रहेकाहरुले पनि आफ्नो यौन तृष्णा मेटाउनको लागि थोरै रकम खर्च गरेर भए पनि यौन साथी खोजेका हुन्छन् । यौनलाई खुल्ला रुपमा लिने देशहरुमा भने रकम खर्चेर भए पनि यौन सन्तुष्टि लिन पाउँछन्, नेपालीहरू ।

No comments:

Post a Comment