चिनियाँ विद्यार्थीको दुःख झेल्ने काइदा

जीवनमा दुःख कसलाई पर्दैन ? बिरामी मातापिता, पढाईका लागि खर्चको अभाव यस्तै पीडा छ आम नेपाली युवाहरुको पनि ।
यस्तै दुःखका कारण धेरैले बिचमै पढाई छाड्छन भने कतिले बिरामी आमाबाबुको उपचारका लागि खर्च जुटाउन परदेशको बाटो समात्छन् ।
तर, चीनमा एक युवकले यस्तै दुःख झेल्न अनौठो उपाय अपनाएका छन् ।
अन्हुई प्रन्तका लियूआं काउन्टीमा २० वर्षीय गुओ शिजुन कम आय भएको परिवारका हुन् । उनका बाबु प्यारालाइसिसबाट गम्भीर विरामी छन् । म्यानेन्जाइटिस रोगबाट थलिएकी आमा उनी सानै हुँदादेखि नै बिरामी छिन् । उनको हातमा न दाम छ, न त काम नै ।
यी युवक त्यहाँको एक बिश्वबिद्यालयको होष्टलमा बस्छन् । उनीसँग न दाम छ, न त काम नै ।


Guo-Shijun-1
बिरामी आमालाई उपचार गर्न उनले आफ्ना हजुरबुबा र हजुरआमालाई जिम्मा लगाउँछन् र बाबुको स्याहार गर्ने जिम्मा चाहिं आफै बोक्छन् ।
बाबुको स्याहार गर्ने र आफ्नो पढाईलाई पनि निरन्तरता दिन उनले बिश्वबिद्याय प्रसासनसँग सहयोग माग्छन् । बिश्वबिद्यालयले बाबुलाई पनि होष्टलमै ल्याउन उनलाई अनुमति दिन्छ ।
उनी विश्वविद्यालयमा टप गर्ने विद्यार्थी मध्ये एक हुन् । राम्रो अंक ल्याएका कारण उनले छात्रवृत्ति पाए, जसबाट उनले बिरामी बाबुलाई ब्यायाम गराउन स्पेसल बेड बनाएका छन् । उन आफ्नो मोबाइल फोन मार्फत सकारात्मक र पे्ररणादायी कुरा बाबुलाई सुनाउँछन् ।
उनी भन्छन्- म जीवन सहज छ भन्दिन । समस्याहरुसँग जुध्ने एउटै उपाय छ, कडा परिश्रम । यसैले आफ्नो जीवनप्रति कुनै गुनासो छैन ।’

No comments:

Post a Comment