चीनले बनायो आकाशमा हिड्ने संगीतमय बाटो


निर्माण जगतमा एकपछि अर्को चमत्कार प्रस्तुत गर्दै आएको चीनले अब आकाशमा हिड्ने बाटो समेत बनाएको छ ।पूर्वी चीनको शिनीयुझाई नेसनल जिओपार्कमा पारदर्शी संगीतमय आकाशे बाटो निर्माण गरिएको हो ।उच्च पहाडको किनारासँग जोडिएको यो बाटो काँचको भएकाले पारदर्शी छ । पारदर्शी हुनाकै कारणले यो बाटोमा हिँडिरहँदा आकाशमा हिँडेको जस्तो अनुभुति हुन्छ ।५ सय ९० फिट लामो यो वाक वे मा ७० प्रकारका विभिन्न खाले संगीतका धुनहरु बजाएर सुन्न सकिन्छ । साथै यसमा टहल्दै नयाँ धुन पनि सिर्जना गर्न सकिने बताइएको छ ।निकै उच्च पहाडको घेरोमा बनेको यो आकाशे बाटोमा हिँड्दा रोमान्चका साथै डर पनि कम्ता लाग्दैन । त्यसैले मानिसहरुले यो बाटोका रेलिङमा समाएर डराइ डराइ विस्तारै पाइला चलिरहेका हुन्छन् ।यो वाक वे बनाउने कालिगढ कस्ता होलान् ? साँच्चीकै वीर नै हुन् । समाचार अनुसार २१ जना कामदारले दिनरात काम गरेर यो आकाशे पदमार्ग निार्मण गरेका हुन् र उनीहरुले दैनिक ४ सय युआन ज्याला पाएका थिए । बीबीसी


No comments:

Post a Comment