श्रीमती बनाएर राजाले भित्राए ७२ जना सौतेनी आमा, बनाए सय श्रीमती, ५ सय छोराछोरी


Abumbi3
अबुम्बीले आफ्ना बाबुबाट बेहोरेका ७२ जना सेकेण्ड ह्याण्ड श्रीमतीका साथै आफुले पनि दुइ दर्जनभन्दा बढि श्रीमतीसँग विवाह गरेका छन् । सबै श्रीमतीहरुबाट गरेर उनका झण्डै ५ सय सन्तान छन् ।उनकी तेश्री श्रीमती रानी कन्स्टेन्सका अनुसार हरेक सफल पुरुषका पछाडि निकै सफल तथा ससक्त महिलाको हात हुने बताउँछिन् । उनका अनुसार यसरी पूराना रानीहरु नयाँ राजाको समेत श्रीमती बन्ने परम्पराको ठूलो अर्थ छ । पहिले नै रानी भैसकेका पाका महिलाहरुले नयाँ राजाहरु तथा नयाँ रानीहरुलाई राजकाज लगायतका कुराहरु सिकाउन सहज हुने उनी बताउँछिन् ।राजाले बिहे गर्ने रानीहरु शिक्षित हुन्छन् र प्रायः धेरै भाषा बोल्नसक्ने तथा वाकपटु हुन्छन् ।kings-wifeAbumbi-finalAbumbi6

आफ्नै आमाका सौता अर्थात् आफ्नो बुवाका कान्छी श्रीमतीहरुलाई आफ्नै श्रीमती बनाएर भित्राएका घटनाहरु बिरलै होलान् । तर यो दुनियामा यस्तो देश छ, जहाँ सामान्य जनताले होइन की स्वयं राजाले नै बाउको शेषपछि सबै सौतेनी आमाहरु बेहोर्नुपर्छ । अर्थात् बुवाका श्रीमतीहरुलाई अर्थात् आफ्ना सानीमाहरुलाई आफ्नै श्रीमती बनाएर भित्राउनुपर्छ । त्यो पनि एक दुइवटा कहाँ हो र, दर्जनौँ सानिमाहरुलाई ।अफ्रिकी देश क्यामरुनको बाफुट क्षेत्रका राजा अबुम्बी द्वितीयका झण्डै एक सय श्रीमती छिन् । तर ति श्रीमतीहरु उनी आफैले पहिलोचोटी बिहे गरेका भने होइनन् । ती मध्ये ७२ जना उनका भुतपूर्व सौतेनी आमाहरु हुन् । अर्थात् आफ्ना बुवाले कान्छी रानीहरु बनाएर भित्राएका मुमाज्यूहरुलाई बुवाको मृत्युपछि उनले आफ्नै रानी बनाएर भित्राउनुपर्यो ।११ औँ राजा अबुम्बी द्वितीयका बुवाको सन् १९६८ मा मृत्यु भएकेा थियो । त्यहाँको चलन नै राजाको मृत्युपछि रानीहरु स्वतः नयाँ राजाको रानीहरु बन्ने चलन छ । अर्थात् रानीहरु नमरुन्जेल राजाको पदेन श्रीमती बन्दछन् ।

अफ्रिकी देश क्यामरुनमा पुरुषका लागि बहुविवाह छुट छ, तर पछिल्लो समयमा भने यो प्रचलन घट्दै गएकेा छ । तर जनताले यो संस्कारलाई चुनौति दिँदै गएको भएपनि राजा अबुम्बी भने आफ्ना जनताको संस्कृतिको रक्षा गर्ने काम आफ्नो रहेको भन्दै मौलिक संस्कृति बचाउनकै लागि आफुले सय जना रानी बनाएको तथा आफ्ना लागि संस्कृति र सबै रानीहरु महत्वपूर्ण रहेको दाबी गर्छन् ।यी राजाको राजदरबारलाई टोह भनिन्छ । यो क्यामरुनको पर्यटकीय आकर्षण भएको स्थल हो र यसलाई विश्वको सबैभन्दा संकटापन्न सम्पदाको रुपमा लिइएको छ ।


No comments:

Post a Comment