चीनमा आत्महत्याको सजाय

गृहकार्य गर्न नमानेको झ्वाँकमा एक शिक्षकले दिएको आदेशका कारण चीनमा एक १० वर्षीय बालकले तीसौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।
पाँच कक्षामा पढ्ने विद्यार्थीलाई ती शिक्षकले विद्यालय भवनबाट हाम फाल्न पटकपटक भनेका थिए । शिक्षकको आज्ञाको पालन गर्दा उनको ज्यान गएको हो । शिक्षकले निकै जोड गरेपछि आफू बाध्य भएर हाम फाल्नुपरेेको बालकले सुसाइट नोटमा लेखेका छन् ।
पढाइरहेको बखनत हल्ला गरेकोमा ती शिक्षकले बालकलाई हजार शब्दमा आत्मआलोचना पत्र लेख्न भनेका थिए । पत्र लेख्न नमानेपछि शिक्षकले उनलाई कारबाही स्वरूप हाम फाल्न भनेका थिए ।  
चिनियाँ नेसनल रेडियो सीएनआरले आफ्नो वेबसाइटमा उक्त खबर राखेको छ । बालकले हाम फाल्न डराएको, धेरैपटक फर्किए पनि बाध्य भएर आँखा चिम्म गरेर हाम फालेेको नोटबुकमा लेखेका छन् ।
गृहकार्य गर्न नसकेको भन्दै बारम्बार ती शिक्षकले हाम फाल्न दबाब दिइरहेको उनका छिमेकी र आफन्तजनले बताएका छन् । बालकले यसबारेमा घरमा केही भनेका थिएनन् ।
दक्षिण-पश्चिमी चिनियाँ सहर चेङ्दुको एक प्राथमिक विद्यालयमा बिहीबार उक्त घटना भएको थियो । अभिभावकले उक्त घटनाको विरोध गरेका छन् ।
चीनको जिङजियाङ जिल्लामा पर्ने उक्त क्षेत्रका प्रहरी अधिकारीले अनुसन्धान सुरु भएको र केही समयपछि मात्र वास्तविकता सार्वजनिक गर्ने जानकारी दिएका छन् । ती बालकका आफन्तहरुले उक्त विद्यालयको व्यवस्थापन समिति र शिक्षकमाथि कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेका छन् । कडा अनुशासन र कठोर शिक्षण पद्धति चिनियाँ शिक्षणका हालका मुख्य विशेषता हुन् ।
प्रकाशित मिति: २०७० कार्तिक १५ ११:१८

No comments:

Post a Comment